बालबालिकाको सिकाइलाई अघि बढाउन सरकार गम्भीर नभएको भन्दै चिन्ता – Kanika Khabar
Friday, April 26Nepali News Portal

बालबालिकाको सिकाइलाई अघि बढाउन सरकार गम्भीर नभएको भन्दै चिन्ता

    मा प्रकाशित

कनिका खबर
कात्तिक १, काठमाडौं
कोरोना महामारीका कारण रोकिएको बालबालिकाको सिकाइलाई अघि बढाउन सरकार गम्भीर नभएको भन्दै शिक्षाविद्हरूले चिन्ता व्यक्त गरेका छन् । कोरोना महामारीका कारण लामो समयदेखि बालबालिकाको पढाइ रोकिँदा पनि सरकारले प्रभावकारी योजना बनाउन नसकेको भन्दै उनीहरूले चिन्ता व्यक्त गरेका हुन् । संक्रमण उच्च भएपनि सावधानी अपनाउँदै फरक ढंगबाट सिकाइ प्रक्रियालाई अघि बढाउन सकिनेतर्फ सरकारले नसोचेको शिक्षाविद् विनय कुशियतले बताउनुभयो । सीआईएनसँग कुराकानी गर्दै उहाँले सामान्य अवस्थामा जस्तो तालिका अनुसार बालबालिकालाई पढाउन नसकेपनि उनीहरूको सिकाइलाई भने निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । सीआईएनसँगको कुराकानीमा शिक्षाविद् विद्यानाथ कोइरालाले महामारीको समय लम्बीदै जाँदा स्थानीय पालिका र शिक्षकहरूले विशेष योजना बनाएर अघि बढ्नुको विकल्प नभएको बताउनुभयो । कोरोना भाइरसको महामारी रोक्न भन्दै सरकारले गएको चैतमा लकडाउन गरेपनि देशभरका करिब ३५ हजार विद्यालयका ७२ लाख विद्यार्थीको पठनपाठन अवरुद्ध भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्