अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८२ लाख नाघ्यो – Kanika Khabar
Friday, April 26Nepali News Portal

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८२ लाख नाघ्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक १, दाङ

अमेरिकामा कोरोना सङ्क्रमितको संख्या ८२ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा थप ७१ हजार ६८७ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना सङ्क्रमित संख्या ८२ लाख ८८ हजार २७८ पुगेको छ । सङ्क्रमितमध्ये अहिलेसम्म ५३ लाख ९५ हजार ४०१ जना सङ्क्रमणमुक्त भएका छन् । उपचार गराइरहेका २६ लाख ६९ हजार २३३ जनामध्ये १५ हजार ३१८ जनाको अवस्था गम्भीर रहेको कोरोना भाइरसको तथ्याङ्क अपडेट गराइरहेको वल्डमिटर्सले जनाएको छ । यस्तै कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या २ लाख २३ हजार नाघेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्