नेकपा कर्णालीको विवाद दुइ अध्यक्ष मिलेर टुङ्ग्याउने – Kanika Khabar
Friday, April 26Nepali News Portal

नेकपा कर्णालीको विवाद दुइ अध्यक्ष मिलेर टुङ्ग्याउने

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, काठमाडौं
नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले कर्णालीका नेताहरुलाई दुई अध्यक्षको निष्कर्ष मान्न निर्देशन दिनुभएको छ । हिजो सरकारी निवास बालुवाटारमा बोलाएर प्रधानमन्त्री ओलीले कर्णालीको विवाद पार्टी केन्द्रले टुंग्याउने बताउनुभयो । प्रधानमन्त्री ओलीले पार्टीका अर्का अध्यक्ष प्रचण्डसँग बसेर कसरी अगाडि बढ्ने भन्ने टुंगो लगाउने बताउनुभएको भेटमा सहभागी नेताहरुले जानकारी दिएका छन् । प्रधानमन्त्री ओलीले अर्का अध्यक्ष प्रचण्डलाइ पनि छलफलका लागि बालुवाटारमा बोलाउनुभएको भएपनि प्रचण्ड भने बालुवाटार जानुभएन । प्रचण्डले कर्णालीका दुवै पक्षका नेताहरुसँग कुरा गरिसकेकाले बालुवाटार नआउने सन्देश पठाउनुभएको थियो । नेकपा संसदीय दलका नेता महेन्द्रबहादुर शाहीविरुद्ध नेकपाकै १८ सांसदले अविश्वासको प्रस्ताव दर्ता गरेपछि नेकपाको विवाद बाहिर आएको थियो । तर माधवकुमार नेपाल खेमाका नेताहरु अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको मुख्यमन्त्री पद भने जोगिसकेको छ । प्रचण्डले यसअघि नै दुई पक्षका नेताहरुलाई बोलाएर कुरा सुन्नुभएको थियो भने भने बरिष्ठ नेता माधवकुमार नेपालले पनि कर्णालीको नेताहरुबाट जानकारी लिनुभएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्