दमौलीमा जन्मदिनको भोज खाँदा १५ जना बिरामी – Kanika Khabar
Friday, January 23Nepali News Portal

दमौलीमा जन्मदिनको भोज खाँदा १५ जना बिरामी

    मा प्रकाशित

कनिका खबर
कार्तिक २, तनहुँ
दमौलीको व्यास १२ छिर्कनेमा जन्मदिनको भोज खाएका १५ जना बिरामी परेका छन् । जन्मदिन मनाउने क्रममा केक, कुखुराको मासु र तरकारी खाँदा छिर्कनेका एकै परिवारका १२ जना सहित १५ जना बिरामी परेका हुन् । स्थानीयवासी ११ वर्षका प्रज्वल गैह्रेको जन्मदिनमा शनिबार राति भोज खाँदा १५ जना बिरामी भएका हुन् । हिजो राती भोज खाएका उनीहरूलाई राती नै झाडपखाला र बान्ता आउने भएको थियो । आईतबार बिहानै टाउको दुख्ने, वाकवाकी लाग्ने र ज्वरोसमेत आउन थालेपछि दमौली अस्पतालमा उपचारको लागि भर्ना गरिएको हो । बिरामी मध्ये २ जना उपचार पश्चात डिर्चाज भएको अस्पतालका स्वास्थ्यकर्मी मदन गौतमले जानकारी दिनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्