निर्णय गरेरै सांसदलाइ दशैं भत्ता फिर्ता गर्न लगाउँदै दलहरु – Kanika Khabar
Friday, April 26Nepali News Portal

निर्णय गरेरै सांसदलाइ दशैं भत्ता फिर्ता गर्न लगाउँदै दलहरु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, काठमाडौं
देश कोरोना भाइरसले आक्रान्त बनेको र नागरिक उपचार खर्च नपाएर छट्पटाइरहेको अवस्थामा सांसदहरुले दशै भक्ता लिएको भन्दै चौतर्फि बिरोध भएपछि औपचारिक निर्णय रुपमा निर्णय गरेरै सांसदहरुले दशै भक्ता फिर्ता गर्न थालेका छन् । सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी नेकपाका सबै सांसदले दसैं भत्ता बापत आएको रकम कोरोना कोषमा जम्मा गर्ने भएका छन् । प्रधानमन्त्री सहित मन्त्रिपरिषद्का सबै सदस्यले दसैं भत्ता वापतको रकम कोरोना कोरोना जम्मा गर्ने निर्णय भएको छ । सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले प्रधानमन्त्री तथा मन्त्रीहरुले दसैँ भत्ता वापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय भएको जानकारी दिनुभयो । यस्तै, नेपाली काँग्रेसले पनि संघीय संसदमा प्रतिनिधित्व गर्ने आफ्ना सबै सांसदहरुले दसैँ भत्ता बापत पाउने रकम फिर्ता गर्ने निर्णय गरेको काँग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले सीआईएनलाइ जानकारी दिनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्