लमहीमा एक हप्तादेखि होम आइसोलेशनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

लमहीमा एक हप्तादेखि होम आइसोलेशनमा बसेका एक जना कोरोना संक्रमितको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक ४, दाङ

लमहीमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। ४३ वर्षका पुरुषको मंगलबार बिहान घरमै मृत्यु भएको हो ।

लामो समयदेखि विभिन्न रोगको समस्यामा रहेका उनीलाई केही समय अघि कोरोना पोजिटिभ देखिएको थियो । जन्डिसको समस्या देखिएका उनी उपचारका लागि काठमाडौ गएका थिए । काठमाडौंमा उपचारका क्रममा स्वाव परिक्षण गराउन उनमा कोरोना नेगेटिभ आएको थियो ।

त्यसपछि उनीहरु घर फर्किएका थिए । तर लमही आएपछि फेरि श्रीमान श्रीमती दुबैले परीक्षण गर्दा संक्रमण देखिएको थियो। त्यसपछि उनीहरु एक हप्तादेखि होम आइसोलेशनमा बसेका थिए । होम आइसोलेसनमा बसेकै अवस्थमा उनको मृत्यु भएको हो ।

श्रीमतीको अवस्था सामान्य रहेको छ । मृतकको शव कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको लमही नगरपालिकाका स्वास्थ्य संयोजक लोकराज पौडेले जानकारी दिएका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्