एक–दुई घटनालाई लिएर पूरै संगठनलाई नै आरोपित गर्न नहुने आईजीपी थापाको भनाइ – Kanika Khabar
Friday, January 23Nepali News Portal

एक–दुई घटनालाई लिएर पूरै संगठनलाई नै आरोपित गर्न नहुने आईजीपी थापाको भनाइ

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, काठमाडौं
एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि नागरिकले थोपर्ने गरेकोप्रति नेपाल प्रहरीले असन्तुष्टि जनाएको छ । नेपाल प्रहरीले एक जना प्रहरीले गरेको गल्तीको सजाय सबै प्रहरीमाथि थोपर्न नहुने जनाएको हो । राष्ट्रिय प्रहरी प्रतिष्ठान महाराजगञ्जमा भएको एक कार्यक्रममा प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापाले एक दुई प्रतिनिधिमूलक घटनालाई लिएर नागरिकले पूरै संगठनलाई बल प्रयोग गरेको आरोप लगाउन नमिल्ने भन्दै गुनासो गर्नुभयो । प्रहरीको उत्प्रेरणाको स्तरमा सुधारका लागि सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्नेमा पनि महानिरीक्षक थापाले जोड दिनुभयो । प्रहरी हवल्दार र जवानमा रहेको उत्प्रेरणाको स्तरमा सुधारको आवश्यकता देखिएको आईजीपी थापाको भनाइ छ । उहाँका अनुसार अनुसन्धानले उनीहरुको बिदालाई व्यवस्थापन गर्न सके मनोबल बढ्छ भन्ने देखाएको छ । सरुवा, बढुवा र मिसनमा खटिने प्रहरीको मापदण्ड पारदर्शी गर्नुपर्ने महानिरीक्षक थापाले बताउनुभयो ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्