आईपीएल क्रिकेटमा बैंगलोरको सातौं जित – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएल क्रिकेटमा बैंगलोरको सातौं जित

    मा प्रकाशित

कनिका खबर
कार्तिक ६, दाङ
रोयल च्यालेन्जर्स बैंगलोरले युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी ट्वान्टी क्रिकेटमा सातौं जित निकालेको छ । अबुधाबीमा बुधबार राति भएको खेलमा कोलकत्ता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै बैंगलोरले सातौं जित निकालेको हो । शेख जायद क्रिकेट स्टेडियममा कोलकत्ताले दिएको ८५ रनको लक्ष्य बैंगलोरले १३ ओभर २ बलमा मात्र २ विकेट गुमाएर पूरा गर्यो । यस अघि टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले २० ओभरमा ८ विकेट गुमाएर ८४ रन बनाएको थियो । कोलकत्तालाई हराएसँगै बैंगलोर तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । बैंगलोरले १० खेलमा ७ जितसहित १४ अंक जोडेको छ । कोलकत्ताले भने १० खेलमा १० अंक जोडेको छ । कोलकत्ता लिगको चौंथो स्थानमा यथावत रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्