भारतका स्थल सेनाध्यक्ष नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लाग्यो – Kanika Khabar
Saturday, January 17Nepali News Portal

भारतका स्थल सेनाध्यक्ष नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लाग्यो

    मा प्रकाशित

कनिका खबर
कार्तिक ११, काठमाडौं
भारतका स्थल सेनाध्यक्ष जनरल मनोज मुकुन्द नरावणेको नेपाल भ्रमणको मिति टुङ्गो लागेको छ । नरावणे यही कात्तिक १९ देखि २१ गतेसम्म तीन दिने भ्रमणका लागि काठमाडौँ आउने तालिका तय भएको भारतीय सरकारी समाचार संस्था पीटिआईले जनाएको छ । कोरोना महामारीका कारण लकडाउन अर्थात बन्दाबन्दीको घोषणाका कारण सेनाध्यक्ष नरावणेको नेपाल भ्रमण स्थगित भएको थियो । नेपाल सरकारले २०७६ माघ २० गते भ्रमणको निर्णय गरेको थियो । भ्रमणका क्रममा जनरल नरावणेले राष्ट्रपति विद्यादेवी भण्डारीबाट नेपाली सेनाको मानार्थ महारथी दर्जा ग्रहण गर्ने कार्यतालिका छ । यो परम्परा सन् १९५० देखि चल्दै आएको छ । नेपालका प्रधानसेनापतिले पनि भारतीय राष्ट्रपतिबाट मानार्थ सेनाध्यक्षको दर्जा ग्रहण गर्छन् ।
र्नेछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्