रौतहट प्रहरी कर्मचारीलाई एसपि शाहको कडा निर्देशन – Kanika Khabar
Friday, April 26Nepali News Portal

रौतहट प्रहरी कर्मचारीलाई एसपि शाहको कडा निर्देशन

    मा प्रकाशित

कनिका खबर
कार्तिक १३, रौतहट
रौतहटका नेपाल प्रहरी प्रमुख एसपी सिद्धि विक्रम शाहले जिल्ला प्रहरी कार्यालय रौतहट मातहतका प्रहरी कर्मचारीहरूलाई निर्देशन दिनु भएको छ । रौतहटमा दिनानुदिन विभिन्न अपराधिक घटनाहरु घटने क्रम बढन थालेपछि प्रहरी प्रमुख शाहले आाफ्ना मातहतका प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनु भएको हो । प्रहरी प्रशासनको मिलोमत्तोमा नै रौतहटमा चोरी निकासी तथा अपराधिक घटना घटेको आरोप लाग्दै आएकोले आफुले कडा निर्देशन दिनु परेको एसपि शाहले बताउनुभयो । उहाँले प्रहरी कर्मचारीहरुलाई तस्करी बन्द गर्ने , आचरण तथा वानी व्याहार सुधार गर्ने , झै झगडा वा प्रहरीको आवश्यक परेकोमा तुरुन्तै घटनास्थल पुग्न ,जुनसुकै ठाउँमा भए पनि ईमानदारी पूर्वक काम गर्ने बारेमा संझाउनुभएको छ । सबै मानिसहरूलाई सम्मान् व्याहार गर्ने , प्रहरी कर्मचारीहरुको गुनासो सुन्ने र व्यवस्थापन गर्ने , उच्च मनोबलका साथ कर्तव्य निर्वाह गर्ने , कुनै पनि घटना र कुराको समयमा रिपोर्ट गर्ने,अबैध चोरी तस्करीका माल समान पक्राउ परेमा तुरुन्तै जिल्ला प्रहरी कार्यालय वा सम्बन्धित ठाउँमा पठाउने, मानिसहरूलाई आनवश्यक दुखः नदिने लगायत निर्देशन दिइएको शाहले बताउनु भयो ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्