नवनियुक्त तीन देशका राजदूतहरुले गरे पद तथा गोपनियताको शपथ ग्रहण – Kanika Khabar
Tuesday, January 20Nepali News Portal

नवनियुक्त तीन देशका राजदूतहरुले गरे पद तथा गोपनियताको शपथ ग्रहण

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७, काठमाडौं

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त तीन जना राजदूतहरुले पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको छ । उहाँले नवनियुक्त राजदूतहरु गेहेन्द्र राजभण्डारी, तापस अधिकारी र रामकाजी खड्कालाई शितल निवासमा पद तथा गोपनियताको शपथ ग्रहण गराउनुभएको हो । राजभण्डारी बेल्जियमका लागि, अधिकारी पाकिस्तानका लागि र खड्का जर्मनीका लागि नेपाली राजदूत नियुक्त हुनु भएको छ । यसअघि मन्त्रिपरिषदको सिफारिस र संसदीय सुनुवाइ समितिको अनुमोदनपछि राष्ट्रपति भण्डारीले ६ कात्तिकमा उहाँहरुलाई राजदूत नियुक्त गर्नुभएको थियो । शपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीक कुमार ज्ञवाली र नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको समेत उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्