आईपीएलमा आज बैंगलोर र दिल्लीबीच खेल हुँदै – Kanika Khabar
Friday, April 26Nepali News Portal

आईपीएलमा आज बैंगलोर र दिल्लीबीच खेल हुँदै

    मा प्रकाशित

कनिका खबर
कार्तिक १७,
युएईमा जारी १३ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज दिल्ली क्यापिटल्स र रोयल च्यालेन्जर्स बैंगलोरबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली लेग स्पिनर सन्दीप लामिछाने आवद्ध दिल्लीले आबुधाबीमा बैंगलोरसँग लिग चरणको अन्तिम खेल्न लागेको हो । दिल्ली र बैंगलोरबीचको खेल नेपाली समय अनुसार आज राति पौने ८ बजे सुरु हुनेछ । शेख जायद क्रिकेट स्टेडियममा हुने खेलमा दुबै टिम जितको खोजीमा हुनेछ । लिग चरणको अन्तिम खेलका लागि मैदान उत्रदा दिल्ली र बैंगलोरलाई प्ले अफ पुग्न जित बाहेक अन्य विकल्प छैन । त्यसैले यस खेल रोमान्चक हुने अनुमान गरिएको छ । श्रेयस एयरको कप्तानीमा मैदान उत्रने दिल्ली १३ खेलमा १४ अङ्क जोडेर तालिकाको तेस्रो स्थानमा रहेको छ । समान खेलमा समान अङ्क जोडेपनि विराट कोहलीको कप्तानीमा रहेको बैंगलोर दोस्रो स्थानमा रहेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्