सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु – Kanika Khabar
Sunday, January 18Nepali News Portal

सुख्खा पहिरोमा पुरिएर ५ मजदुरको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २०, काठमाडौं
नवलपुरको बुलिङ्टार गाउँपालिकामा सुख्खा पहिरोमा पुरिएर पाँच जना मजदुरको मृत्यु भएको छ । कालीगण्डकी करिडोरको नवलपुर खण्डमा कार्यरत मजदुरहरूको पहिरोमा पुरिएर मृत्यु भएको हो । सडकखण्डमा ग्याबिनमा ढुंगा भरिरहेको बेला हिजो साँझ माथिबाट खसेको पहिरोमा मजदुरहरू पुरिएका थिए । प्रहरीका अनुसार मृत्यु हुनेमा २० वर्षीय गोपाल गरञ्जा, चेतबहादुर अस्लामी मगर, ताराबहादुर लुंगेली तथा २८ वर्षीय तुलबहादुर सारु र ४२ वर्षीय सुनबहादुर पुलामी रहेका छन् । मृत्यु हुनेहरू सबै बुलिङटार–४ का बासिन्दा रहेका गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत टीका बहादुर गोदारले सीआईएनसँग बताउनुभयो । उहाँका अनुसार दुई जनाको जीवितै उद्धार गरिएपनि अन्य पाँचजनालाई भने बचाउन सकिएन । पहिरोमा पुरिएका पाँचै जनाको शव इलाका प्रहरी कार्यालय बुलिङ्टारको टोली र स्थानीयले बाहिर निकालेका थिए । पहिरोमा पुरिएर घाइते भएका २१ वर्षीय कृष्ण लुंगेली र १९ वर्षीय केवल सिंहको चितवनको भरतपुरमा उपचार भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्