जो बाइडेन विशाल जिततर्फ उन्मुख – Kanika Khabar
Friday, April 26Nepali News Portal

जो बाइडेन विशाल जिततर्फ उन्मुख

    मा प्रकाशित

कनिका खबर
कार्तिक २१, दाङ ।
अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेन विशाल जिततर्फ उन्मुख भएका छन् ।

२६४ इलेक्टोर भोट प्राप्त गरिसकेका बाइडेनले पेन्सिलभेनिया र जर्जियामा समेत अग्रता बनाएपछि उनी विशाल जिततर्फ उन्मुख भएका हुन् ।

हालसम्म ट्रम्पले २१४ इलेक्टोरल भोट प्राप्त गरेका छन् ।

२० इलेक्टोरल भोट रहेको पेन्सिलभेनियामा बाइडेनले ५ हजार ५९४ मतले अग्रता लिएको फक्स न्यूजले जनाएको छ ।

इडनले ३२ लाख ९५ हजार ३१९ र ट्रम्पले ३२ लाख ८९ हजार ७२५ मत प्राप्त गरेका छन् । यो दुई प्रतिशत मत गणना बाँकी हुँदासम्मको परिणाम हो ।

योसँगै निर्वाचन परिणाम आउन बाँकी रहेका पाँच मध्ये तीन राज्यमा बाइडेनले अग्रता लिएका छन् ।

१६ प्रतिशत मत गणना बाँकी रहेको नेवाडा र एक प्रतिशत मत गन्न बाँकी रहेको जर्जियामा पनि वाइडनको अग्रता जारी छ । नेवाडामा ६ र जर्जिमा १६ इलेक्टोरल छन् ।

६ प्रतिशत गणना बाँकी रहेको नर्थ क्यारोलिना र ५० प्रतिशत गणना रहेको अलास्कामा ट्रम्पको अग्रता छ । क्यारोलिनामा १५ र अलास्कामा ३ इलेक्टोरल छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्