‘ढुक्क हुनुहोस् नेकपा फुट्दैन’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘ढुक्क हुनुहोस् नेकपा फुट्दैन’

    मा प्रकाशित

कनिका खबर
कार्तिक २२, काठमाडौँ ।
सत्तारुढ दल नेकपाभित्रको विवाद छताछुल्ल भइरहेको बेला पार्टी विभाजनको कुरा पनि त्यत्तिकै बाक्लो रुपमा बाहिर आइरहेको छ । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले समेत पार्टी फुटिसकेको र औपचारिक घोषणा मात्र हुन बाँकी रहेको अभिव्यक्ति समेत दिन भ्याएका छन् । यसैबिच शहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले नेपाल कम्युनिष्ट पार्टी कुनै पनि हालतमा नफुट्ने बताएका छन् ।

नेकपा बल्खु टेकुसी परिवारले आज दिपावलीलगायत अन्य पर्वका अवसरमा आयोजना गरेको कार्यक्रममा मन्त्री श्रेष्ठले वामपन्थी आन्दोलनको लामो इतिहासका साथै ठूला दुई शक्तिशाली पार्टीको एकताबाट निर्माण भएको सो पार्टीमा अहिले देखापरेका केही समस्या शीर्ष नेतृत्वले समाधान गर्ने विश्वास व्यक्त गरे ।
उनले भने, “सात दशकअघि मुलुकमा प्रजातन्त्र प्राप्त भएपछि गठन भएका कुनै पनि सरकारले पाँच वर्षको कार्यकाल पूरा गर्न सकेनन् । त्यसबाट उत्पन्न भएको अस्थिरताले देशको विकास निर्माणमा अवरोध आयो ।” पार्टी विभाजनका हल्ला जतिसुकै चले पनि त्यो मिथ्या रहेको उनले बताए । उनले थपे, ‘हल्लाको भरमा पार्टी फुट्दैन ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्