दाङमा कोरोनाका सक्रिय सङ्क्रमित ५९६ पुगे, ५२३ जना होम आइसोलेसनमा र ७३ जना संस्थागत आइसोलेसनमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा कोरोनाका सक्रिय सङ्क्रमित ५९६ पुगे, ५२३ जना होम आइसोलेसनमा र ७३ जना संस्थागत आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६, दाङ ।
दाङमा कोरोनाका सक्रिय सङ्क्रमित ५ सय ९६ पुगेका छन् । स्वास्थ्य कार्यालय दाङका फोकल पसैन कमल चन्दले दिएको जानकारी अनुसार हिजो मंगलबारसम्म दाङ जिल्लामा कोरोना भाइरस सङ्क्रमणका कारण मृत्यु हुनेको संख्या १९ पुगेको छ ।
िहिजो मंगलबारसम्मको विवरण अनुसार दाङमा २ हजार ६ सय ४३ जना कोरोना सङ्क्रमित रहेका छन् । जसमध्ये २ हजार २८ जना सङ्क्रमित निको भएका छन् । स्वास्थ्य कार्यालय दाङका अनुसार ५ सय ९६ जना सक्रिय सङ्मित रहेका छन् ।
अहिलेसम्म दाङ १३ हजार ५ सय २६ जना क्वारअन्टिनमा बसेका छन् भने २० हजार ९ सय ०८ जनाको स्वाब संकलन गरिएको छ । दाङ सक्रिय सङ्क्रमितमध्ये ५ सय २३ जना होम आइसोलेसनमा बसेका छन् भने ७३ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्