दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

दाङमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु

    मा प्रकाशित

कनिका खबर
कार्तिक २६,दाङ ।
दाङमा ट्रककले ठक्कर दिदा मोटरसाइकलमा सवार ३ जनाको मृत्यु भएको छ । दाङको देउखुरी स्थित पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–४ मौरीघाटमा ट्रकको ठक्करबाट ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा राप्ती गाउँपालिका–५ का १६ वर्षीय मनोज गाहामगर, २ लालमझियाका १८ वर्षीय कसम पुनमगर र ८ पिपरीका १८ वर्षीय दिनेश घर्तीमगर रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी सुमित खड्काले बताए ।

मंगलबार साँझ करिब साढे ७ बजे पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना६ख ३३४४ नम्बरको ट्रकले विपरीत दिशाबाट आइरहेको रा५प ६७४४ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा तीन जनाको घटना स्थिलमै मृत्यु भएको थियो । ट्रक पनि अनियन्त्रित भएर खोल्सामा पल्टिएको छ / घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्