खेलकुद क्षेत्रलाई समान रुपमा हेरिनुपर्छ : अध्यक्ष घर्तीमगर – Kanika Khabar
Friday, April 26Nepali News Portal

खेलकुद क्षेत्रलाई समान रुपमा हेरिनुपर्छ : अध्यक्ष घर्तीमगर

    मा प्रकाशित

नेपालमा पछिल्लो समय मार्सल आर्ट्ससम्वन्धी खेल बढ्दै गएको छ । खेलकुदले देखाएको सम्भावना, स्वास्थ्यसँगै आत्म सुरक्षाका दृष्टिकोणले समेत मार्सल आर्ट्स खेल उपयुक्त रहेकाले पछिल्लो समय नेपालमा नयाँ पुस्ताको आकर्षण बढेको छ । जसका करण नेपालमा मार्सल आर्ट्स हाप्किडो संघ स्थापना भएको चार बर्षको अवधिमै नेपालका ५४ जिल्लाहरुमा शाखा विस्तार भएको छ । यसै सन्दर्भमा समग्र खुलकुदसँगै आत्म सुरक्षाका दृष्टिले समेत उपयुक्त मानिएको मार्सल आर्ट्स खेलको अवस्था र सम्भावना बारेमा नेपाल मार्सल आट्र्स हाप्किडो संघका अध्यक्ष कालीबहादुर घर्तीमगरसँग पत्रकार आर.के. शीतल र लिलाधर वलीले गरेको कुराकानी ।

हाप्किडो मार्सल आर्टस कस्तो किसिमको खेल हो ?

यो उत्तर कोरिेयाबाट विश्वभर फैलिएको मार्सल आर्ट्स हो । यो खेल मार्सल आटर््स हाप्किडो संघका रुपमा विश्वभर फैलिएको छ । व्यक्तिगत स्वास्थ्यसँगै आत्मसुरक्षाका दृष्टिले यो खेल हरेक नागरिकका लागि अत्यन्त उपयोगी समेत रहेको छ ।

नेपालमा खेलकुदको अवस्था कस्तो पाउनुभएको छ ?
नेपालमा खेलकुदको अवस्था राम्रो छ । सम्भावना रहेकाले धेरै युवाहरु खेलकुदसँग जोडिनुभएको छ । तर खेलकुदलाई हेर्ने दृष्टिकोणमा समानता छैन । यसलाई खेलकुद क्षेत्रको विभेद पनि भन्न सकिन्छ । जसले गर्दा सवै खेलाडीहरुले अवसर पाउन सकेका छैनन् । सरकारले फुटवल, क्रिकेटलगायतका खेलको तुलनामा मार्सल आर्टसका खेलहरुमा लगानी गर्न सकिरहेको छैन ।

सरकारीस्तरबाटै लगानी नहुँदा निजीस्तरबाट पनि लगानी हुन सकिरहेको छैन । अहिले खेलाडीहरुले नै यस खेललाई अघि बढाउने काम गरिरहेका छन् । यो हाम्रो मात्र होइन साना अधिकांश खेलको अवस्था यस्तै छ । देशको सन्दर्भमा भन्ने हो भने समग्र खेलकुद क्षेत्रको अवस्था सन्तोषजनक छ ।

नेपालमा मार्सल आर्ट्स खेल हाप्किडो खेलको स्तर किन माथि उठ्न नसकेको होला ?

नेपालमा मार्सल हार्ट्स हाप्किडो खेलको अवस्था राम्रो छ । तपाईले चार बर्षको अवधिमा हाम्रो खेलकुदका क्रियाकलापहरुलाई हुर्नु भयो भने खेलको अवस्था थाहा पाउन सक्नुहुन्छ । खासगरी खेलकुद क्षेत्रको विभेदका कारण साना खेलहरुलाई कम महत्व दिँदा कम चर्चा भएको मात्रै हो । अन्य खेलहरुजस्तै मार्सल आर्ट खेल्ने खेलाडीहरुले पनि पसिना र रगत बगाएर मेडल ल्याउने काम गरेका हुन्छन् । तर तिनीहरुलाई नेपालमा सम्मान र पुरस्कारको व्यवस्था हुन सकेको छैन ।

उनीहरुले विदेशमा नेपालको शिरमाथि उठाउने र नेपालको झण्डा विश्व जगतमा फहराउने काम गरेका छन् तर उनीहरुलाई सम्मानको व्यवस्था नहुँदा कमजोरजस्तो देखिएको मात्रै हो । अर्को कुरा फुटवल, क्रिकेट खेलजस्तै नेपालमा मार्सल आर्टस् खेल व्यावसायिक हुन नसक्नुले पनि केही कम परेको हो । तर मार्सल आर्ट्सका खेलहरु व्यावसायिक हुन सके यसको अवस्था माथि उठ्नेछ ।

मार्सल आर्टस् खेल किन व्यावसायिक बन्न सकेको छैन ?

यसको मुख्य कारण भनेको मार्सल आर्ट्स खेलका संघहरुकै कमी–कमजोरी नै हो । मार्सल आर्टस्सम्वन्धी संघहरुले आफ्नो खेलको विकाससँगै खेलाडीहरुलाई अगाडि बढाउने गरी लक्ष्य, योजना र उद्देश्य नहुनु नै हो । लक्ष्य, योजना र उद्देश्य नै नहुँदा अगाडि बढ्न सकिरहेका छैनन् । जसले गर्दा सरकारले लगानीसमेत गर्न सकिरहेको छैन् ।

मार्सल आर्टस् खेलको विकासका लागि नेपाल मार्सल आर्ट्स हाप्किडो संघ योजनावद्धरुपमा अघि बढेको छ । यो खेललाई सहरमुखी मात्र होइन गाउँमुखी पनि बनाउनुपर्छ भन्ने उद्देश्यले गाउँ–गाउँमा समेत प्रतियोगिताहरु गर्दै आएको छौं । खेललाई स्वास्थ्यसँगै चेतना, जागरण र रोजगारीका रुपमा समेत अघि बढाउने काम गरेका छौ ।

नेपालमा मार्सल आर्टस् हाप्किडो संघ स्थापना भएको भर्खरै ४ बर्ष पुगेको छ । यो चार बर्षको अवधिमा संघले खेललाई माथि उठाउन के–के काम ग¥यो ?

हामीले भर्खरै गण्डकी प्रदेशको राजधानी पोखरामा संघको चौथो बार्षिकोत्सव मनाएका छौं । यसले पनि खेल क्षेत्रको विकास र खेलाडीहरुको हौसला बढाउने काम गरेको छ । यसका साथै हामीले चार बर्षको अवधिमा धेरै काम गरेका छौं । चार बर्ष पहिलेसम्म हामीले क्लवका रुपमा गतिविधिहरु गर्दै आएका थियौ तर पछिल्लो समय संघ स्थापना गरेर नेपालमा हाप्किडो संघका खेलाडी, प्रशिक्षक उत्पादनसँगै भौतिकरुपमा कवर्ड हल निर्माणका काम समेत गरिरहेका छौ ।

धरान, नुवाकोट, पोखरालगायतका ठाउँमा ट्रेनिङ सेन्टरका रुपमा कवर्ड हल निर्माण गर्दैछौ । दाङमा पनि कवर्ड हल निर्माणका लागि अघि बढिरहेका छौ । यसका साथै यो अवधिमा हामीले देशका विभिन्न स्थानमा खेलकुदका प्रतियोगिता, सेमिनार, छलफलका समेत काम गरेका छौ । यसले हाप्किडो संघलाई नेपालमा स्थापित गराउन सहयोग पुयाउने काम समेत गरेको छ । यही लकडाउनको बीचमा समेत हामीले अनलाईन भर्चुअलका माध्यमबाट खेलकुद क्षेत्रको विकास र खेलाडीहरुको हौसल्ला बढाउनका लागि प्रतियोगिता गरेका थियौ ।

नेपालमा सरकारको मार्सल आट्स हाप्किडो खेल क्षेत्रलाई हेर्ने दृष्टिकोण कस्तो पाउनुभएको छ ?

मैले अघि नि भनिसकेको छु । हामीले विभिन्न जिल्लास्तरीय, प्रदेशस्तरीयसँगै राष्ट्रिय प्रतियोगितासमेत गरेका छौ । राज्यको सहयोगविना खेलकुद क्षेत्रको विकास नहुने भएकाले हामीले राज्यलाई पनि हामीसँगै जोडेर लग्ने काम गरेका छौं । यो हिसावले हाप्किडो खेल क्षेत्रलाई राज्यको हेर्ने दृष्टिकोण सकारात्मक नै छ ।

त्यही हिसावले पनि हामीलाई संघीय, प्रदेश र स्थानीय तिनै तहका सरकारहरुले सहयोग गर्दै आएका छन् । खेलकुद क्षेत्रको विकासका लागि सरकारको सहयोग आवश्यक छ । त्यसमा पनि हाप्किडो खेलको विकासका लागि अवश्य पनि सरकारको सहयोग आवश्यक छ भनेर हामीले जुन स्थानमा खेलकुदका प्रतियोगिताहरु भए पनि राज्यलाई जोडेर लग्ने काम गरिरहेका छौ । तर पनि नेपालमा अघि भनेजस्तै अन्य खेलको तुलनामा मार्सल आर्टस् हाप्किडो संघलाई हेर्ने दृष्टिकोणमा फरक छ ।

यो विभेदलाई चिर्दै सबै खेलहरुलाई समानरुपले हेर्ने र खेलाडीहरुलाई सम्मान गर्ने बातावरणको विकास गर्न हामी लागि रहेका छौं । खेललाई स्वास्थ्यसँगै आत्मरक्षा, रोजगारी र चेतनाका रुपमा अघि बढाइरहेकाले अवश्य पनि हाम्रो मिहनेतले सार्थकता पाउनेमा हामी आशावादी नै छौं ।

राष्ट्रको गहना र स्वास्थ्यका लागिसमेत महत्वपूर्ण मानिएको खेल क्षेत्रको विकासका लागि राज्यले पर्याप्त लगानी किन गर्न सकिरहेको छैन होला ?

देशको गहनाका रुपमा रहेको खेलुकद क्षेत्रको विकास र खेलाडीहरुको हौसला बढाउनका लागि पर्याप्त लगानी छैन । यो एकैपटक हुने कुरा पनि भएन । तर खेलकुद क्षेत्रको विकासका लागि राज्यले लगानी गरिरहेको पाएको छु । खेलकुद क्षेत्रमा म आफै नेतृत्व गरेर अघि नबढ्दासम्म खेलुकद क्षेत्रको विकासका लागि राज्यले लगानी नगरेको जस्तै लाग्ने गरेको थियो ।

राज्यले खेलकुद क्षेत्रलाई नहेर्ने र लगानी नगर्दा खेलकुद क्षेत्रको विकास र खेलकुद क्षेत्रका स्तर कसरी माथि उल्ला भन्ने सोच्ने गर्दथे । तर अहिले जुनरुपमा हामीले कार्यक्रम, सेमिनार र च्याम्पियनसीपजस्ता प्रतियोगिताहरु गरेका छौं, यी कार्यक्रमहरुमा स्थानीय सरकार, प्रदेश सरकार र संघीय सरकारसँगै निजी क्षेत्रहरुको सहयोग पाइरहेका छौं ।

जसले गर्दा राज्यले देशको गहना र खेलाडीहरुको स्वास्थ्यका दृष्टिकोणले महत्वपूर्ण मानिएको खेलकुद क्षेत्रमा लगानी गरेको छैन भनेर भन्न सक्ने अवस्था छैन । तर पूर्वाधारको विकासमा लगानी हुन सकेको छैन । खेलकुद क्षेत्रको विकासका लागि लगानी बढाउन आवश्यक रहेको छ ।

हाप्किडो खेल भनेको लड्ने भिर्नेहरुले खेल्ने खेल हो भन्छन्, के साँच्चै यो खेल अरुसँग लड्न र भिड्नकै लागि सिक्न आवश्यक छ ?

हो, तपाईले भनेजस्तै केही बर्ष पहिलेसम्म मार्सल आर्टस् खेललाई हेर्ने दृष्टिकोण यस्तै थियो । तर अहिले त्यो बुझाईमा फरक आएको छ । मार्सल आर्ट्स लडाई गर्नका लागि होइन आत्मसुरक्षाका लागि आवश्यक छ भन्ने जनमानसमा बुझाई बढ्दै गएको छ ।

यसका लागि हामीहरुले विभिन्न कार्यक्रम, खेलुकदका मार्फत गलत बुझाईलाई चिर्ने काम समेत गर्दै आएका छौ । जसले गर्दा मानिसहरुको बुझाईमा मार्सल आटर््स खेल लड्ने भिड्नेहरुका लागि मात्र होइन स्वास्थ्यसँगै आत्मसुरक्षाका लागि, समाजमा सम्मान पहिचानसँगै राष्ट्रको सम्मानका लागि पनि हरेक व्यक्तिहरुका लागि आवश्यक छ भन्ने बुझाई बढ्दै गएको छ ।

खेलखुद पर्यटनसँग पनि जोडिन्छ रु नेपाल पर्यटन क्षेत्रको बिकासका लागि खेलकुद बिकास गर्न आवश्यक छ कि नाई ?

खेलकुद क्षेत्र पयर्टनसँग पनि जोडिने गरेको छ । खेलकुदका प्रतियोगिता हुने ठाउँहरुमा विभिन्न देश तथा विदेशका खेलाडीहरु आउनेहरु हुँदा त्यस क्षेत्रको आर्थिक तथा हेर्न चाहक पर्यटकीय क्षेत्रहरुको पक्कै पनि विकास हुने गरेको छ । हामीले पर्यटकीय क्षेत्र पोखरामा विभिन्न प्रतियोगिताहरु गर्दै आएको छौं ।

हामीले पोखरामा कार्यक्रमहरु गर्दा नेपालका मात्र नभएर विदेशबाट समेत मानिसहरु आउने गर्नुभएको छ । यसले आर्थिकसँगै पोखराको पर्यटकीय विकासमा समेत सहयोग पु¥याउने गरेको छ । त्यसका साथै रोल्पा, दाङमा पनि हामीले विगतमा कार्यक्रमहरु गरेका छौं । ती कार्यक्रमहरुले यी ठाउँको विकासका सहयोग पु¥याउने गरेको छ भन्ने अपेक्षा छ ।

नेपालमा हाप्किडो संघले वल्र्ड च्याम्पियनसीप प्रतियोगिता गर्दैछ भन्नुभयो यो प्रतियोगिता कहिले र कहाँ हुँदैछ ?

सन २०२२ को अगस्त २६, २७ र २८ मा काठमाडौमा वल्र्ड च्याम्पियनसीप प्रतियोगिता गर्दैछौ । त्यसका लागि प्रतियोगितालाई कसरी अघि बढाउने र कस्तो बनाउने भन्ने योजना बनाइरहेका छौं । तिहारपछि बैठक बसेर थप गृहकार्य गरेर योजना सार्वजनिक गर्नेछौ । यो प्रतियोगितामा ५० वटा देशका खेलाडीहरुको सहभागिता रहनेछ ।

अन्त्यमा के भन्न चाहनुहुन्छ ?

खेलकुद क्षेत्र स्वास्थ्यका लागि र राष्ट्रका लागि हो । त्यसका लागि खेलाडीहरुले आफ्नो पहिचान र राष्ट्रको गौरवका लागि खेल्ने गर्दै आएका छन् । यो आत्मरक्षाका लागि समेत आवश्यक खेल भएकाले सबैले खेल्न आवश्यक छ । त्यसका लागि हामी विभिन्न जिल्लाहरुमा पुग्ने र खेलहरु खेलाउँदै आएका छौं । अन्त्यमा संघले गर्दै आएका गतिविधि र आगामी योजनाका बारेमा हाम्रो धारणा राख्ने अवसर दिनुभएकोमा धन्यवाद व्यक्त गर्दछु ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्