गायक तथा सर्जक महतले ल्याए पन्चेबाजा “कोसेली चोखोमाया संगै लाउला “ – Kanika Khabar
Saturday, January 17Nepali News Portal

गायक तथा सर्जक महतले ल्याए पन्चेबाजा “कोसेली चोखोमाया संगै लाउला “

    मा प्रकाशित

मोहन न्यौपाने
तिलोत्तमा कार्तिक २७।

चौतारी फिल्म्सको प्रस्तुतिमा पन्चेबाजामा सजिएको चोखो माया संगै लाउला बोलको गीत सार्बजनिक भएको छ।  कोरोना कहरको बिचमा छायांकन र सम्पादन भएको गीतलाई गायक तथा सर्जक चन्द्र महतले सृजना गरेका हुन्।  पछिल्लो समय चर्चामा रहेकी लोक गायिका कमला पोख्रेल संग सुमधुर आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले पन्चेबाजाको कोसेली दर्शक सामु युट्युब मार्फत पस्केका हुन्।

बुटवलको स्पान होटलमा सम्पन्न एक कार्यक्रममा रास्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान रुपन्देहीका निबर्तमान अध्यक्ष दिपक गरौचा मगरले प्रोजेक्टर अन गरि भिडियो प्ले गरेर बिमोचन गर्नु भएको हो। प्रमुख अतिति समेत रहेका गरौचाले लोक संगीतको क्षेत्रमा एउटा सर्जकले इट्टा थप्ने काम गर्नुभएकोमा धन्यबाद दिदै गीत एकदमै राम्रो बनेको र दर्शकको माया छिट्टै पाउनेमा आफु ढुक्क रहेको बताउनुभयो।  गायक तथा सर्जक चन्द्र महतकै लय तथा शब्द रहेको सो गीतलाई जुजु गुरुंगले एरेन्ज गर्नुभएको हो।  बुटवलदेखि पश्चिमको एक रमणिय स्थानमा छायांकन गरिएको एक सच्चा प्रेमी-प्रेमिकाको बेदना भरिएको सो गीतलाई प्रदिप ज्ञवालीले कोरियोग्राफी गर्नुभएको छ भने छायांकन तथा सम्पादन र दृश्य निर्माण एसआर मुभिजका शोभाखर पन्थले गर्नुभएको छ।  ड्रोनमा शिव बस्यालले सघाउनु भएको छ भने गीतको शृंगार स्वस्तिका पन्थले गर्नुभएको छ।

प्रेमभित्रको बेदनालाई स्थान दिइएको सो गीतमा बिहे अघिको प्रेम सफल नभएपछिको मार्मिक दृश्य देखाइएको छ।  गीतमा प्रमुख भूमिकामा पछिल्लो समय चर्चा कमाएका कलाकार तथा मोडल सुरज पन्थ , बेबो आचार्य , अविक गैरे लगायतको अभिनय रहेको छ। छुटेका प्रेमी प्रेमिकाको रुपमा सुरज र बेबो देखिएको छन्। “चोखो माया”मनमा जति पिडा भएनी पन्चेबाजामा नाच्ने खालको एउटा गीत बनेको छ जुन गीतले मंसिरको महिनामा बजार तताउने अनुमान गरिएको छ।

यस अघि फुलको बोटैमा फुलको माला गासन लगायतको गीतमा आवाज दिएका गायक तथा सर्जक चन्द्र महतले आफ्ना “काफल पाक्यो काचो”, “ढुकढुकी धड्कन” लगायतका गीत सुनाउदै आफ्नो सानै देखिको चाहना पुरा भएको र लोकसंगीतलाई आफुले सधै माया गरेको बताउनुभयो।  बिमोचन कार्यक्रममा स्पान ग्रुप अफ कम्पनीका एमडी राजेश कुमार थैब, नागरिक केबल लिंकका सीईओ मिलन थापा , स्पानका सचिव मधु ढकाल, क्रिपर इण्टरनेशनल मार्केटिङ्गका डाइरेक्टर सुन्दरकुमार बर्मा , नेपाल डोरी तान संघ लुम्बिनी प्रदेशका अध्यक्ष तथा अन्तरास्ट्रिय खेलाडी नवराज खरेल, मेरी गोल्ड होटलका संचालक बिष्णु पौडेल क्षेत्रि , भैरव बहादुर क्षेत्रि, चौतारी फिल्मस्का संचालक एबम गीतकार शिव सुबेदी लागयाताले बोल्दै गीतको सफलताको शुभकामना दिएका थिए।

आफु २०  बर्षको उमेरमा भारतीय सेनामा हुदै देखिबाट गीतसंगीत प्रति रुचि भएका चन्द्र महत १६ बर्ष सेवामा रही बिगत १२ बर्षदेखि व्यवसायीका रुपमा अघि बढ्दै छन्।  आफुभित्र लुकेको प्रतिभा प्रष्फुटन गर्ने उदेश्यले लोक संगीतको क्षेत्रमा एउटा कोसिस गरेको बताउने महतले यो क्षेत्रलाइ नियमित रुपमा अंगाल्ने बताउनुभएको छ ।

हेरौ यो गीत भिडियोमा :https://www.youtube.com/watch?v=D4b2JZWbIrE

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्