गढवाको कोरोना रोकथाम तथा नियन्त्रण समिति लाई युबा द्वारा सहयोग – Kanika Khabar
Tuesday, March 18Nepali News Portal

गढवाको कोरोना रोकथाम तथा नियन्त्रण समिति लाई युबा द्वारा सहयोग

    मा प्रकाशित

दुख हरण यादव

जेठ २, गढवा ।

कोरोना भाइरस नियन्त्रण तथा रोकथामको लागि स्वस्फूर्त रुपमा परिचालित युवा समितीलाई सुराक्षाका लागि मास्क,ग्लोब्स स्वयंसेवक ज्याकेट तथा ह्याण्ड सेनिटाइजर सहयोग गरिएको छ ।

विश्वभरि महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट सङ्क्रमित हुनेहरुको संख्या दिनप्रतिदिन बढ्दै गइरहेको अवस्थामा गढवा गाउँपालिकालाई कोरोनाको संक्रमणबाट सुरक्षित राख्नको लागि नेपाल सरकारले लागू गरेको लकडाउन लाई प्रभावकारी बनाउनका लागि एक जुट भै समिती गठन गरी परिचालित भएको कार्यप्रति एक्येवद्धता तथा सहयोग गर्ने प्रतिबद्धता रहेको जनाउदै परिचालित युबाहरु सुरक्षित रहून् भन्ने उद्देश्यले मुलसमितीका सदस्यलाई स्वयंसेवक ज्याकेट,मास्क,सेनिटाइजर,ग्लोब्स,तथा खाजा नास्ताको लागि गढवाका युबा व्यावसायीद्वारा नगद सहयोग गरिएको मुल समितीका संयोजक विकास बिसीले बताए ।

यसरी सहयोग गर्नेमा गढवागाउपालिका नेपाल तरुण दलका अध्यक्ष प्रशान्त डिसीले ३५ थान ज्याकेट,गढवा उद्याेग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष खिम बहादुर बुढाले १०० थान मास्क र १०० थान ग्लोव्स,युबा ब्यबसायी तथा गढवा उद्याेग बाणिज्य संघका समिर खान र ओम प्रकाश बस्यालले ५० थान ह्याण्ड स्यानिटाइजर,युवा व्यावसायी सन्दिप अधिकारी र हरि प्रसाद भन्डारीले १००/१०० थान ग्लोब्स र मास्क मुलसमितीलाई हस्तान्तरण गरेका छन ।

त्यसै गरि समाजसेवी गोबिन्द केसीले नगद १५ सय सहयोग गरेको मुलसमिती सदस्य बिनय बिसीले बताए । त्यसैगरी मुलसमितीले गढवा गाउँपालिका वडा नं ७ मा आज स्थानीय एम्मे बहादुर बस्नेत संयोजक र पुस्पराज घिमिरेको उपसंयोजक रहेको २१ सदस्यीय कोरोना रोकथाम तथा नियन्त्रण समिती गठन गरेको छ । साथै भेलाले सवारी चेकजाँच उपसमितीको संयोजकमा श्याम बहादुर चौधरीलाई चयन गरिएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्