सार्वजनिक यातायातमा ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू – Kanika Khabar
Friday, April 26Nepali News Portal

सार्वजनिक यातायातमा ‘अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम’ लागू

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, काठमाडौँ ।
मध्यम तथा लामो दुरीमा सञ्चालन हुने सार्वजनिक यातायात सेवाको नियमन गर्न सरकारले अनलाइन टिकेटिङ मोनिटरिङ सिस्टम (ओटिएमएस) लागू गरेको छ । यातायात सुविधामा नागरिकको सरल, सहज र समान पहुँच सुनिश्चित गर्ने नीति अनुसार यातायात सेवाको नियमनका लागि ओटिएमएस लागू गरिएको यातायात व्यवस्था विभागले जनाएको छ ।
विभागले ओटिएमएसको माध्यमबाट यातायात सेवा प्रदायकले प्रदान गरेको सेवाको गुणस्तर, लागत र अनियमिततालाई अनुगमन गर्न यातायात व्यवस्था विभाग र अन्तरगतका निकायलाई थप सहजता प्रदान गर्ने विश्वास लिएको छ । सरकारले कोरोनाको जोखिम न्यूनिकरण र सम्भावित महामारीलाई मध्यनजर गर्दै यसअघि नै मध्यम तथा लामो दुरीका सार्वजनिक यातायातको अनलाइन टिकट खरिद विक्रि निर्देशिका लागू गरिसकेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्