देशभर ४६६ जनाको सघन कक्षमा उपचाररत – Kanika Khabar
Friday, April 26Nepali News Portal

देशभर ४६६ जनाको सघन कक्षमा उपचाररत

    मा प्रकाशित

कनिका खबर
मंसिर ५, दाङ ।
नेपालमा देशभर ४६६ कोरोना संक्रमितको विभिन्न अस्पतालका सघन कक्षमा उपचार भइरहेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६३ जना भेन्टिलेटरमा र ४ सय ३ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन ।

आइसियुमा रहेका संक्रमितको संख्या सबैभन्दा बढी बागमती प्रदेशमा १७७ जना छन् भने ३८ जनाको भेन्टिलेटर उपचार भइरहेको छ ।

यसैगरी लुम्बिनी प्रदेशमा ५९ जना आइसियुमा र ५ जना भेन्टिलेटरमा छन् । प्रदेश १ मा ४८ जना आइसियुमा र ६ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ ।

त्यस्तै प्रदेश २ मा १२ जना आइसियुमा र १ जनाको भेन्टिलेटर भइरहेको छ भने सुदुरपश्चिममा ७ आइसियुमा र १ जना भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार गण्डकी प्रदेशमा ८८ जना आइसियुमा र १२ जना भेन्टिलेटरमा तथा कर्णाली प्रदेशमा १२ जनाको आइसियु उपचारर भइरहेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्