चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल  – Kanika Khabar
Friday, April 26Nepali News Portal

चारवटै सुरक्षा निकायका प्रमुखसँग प्रधानमन्त्रीको छलफल 

    मा प्रकाशित

कनिका खबर

मंसिर ७, काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले चारवटै सुरक्षा निकायका प्रमुखसँग आज आइतबार छलफल गरेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज दिउँसो भएको छलफलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी बल, नेपाल आर्मी र राष्ट्रिय अनुसन्धान विभागका प्रमुखको छलफल भएको थियो ।

छलफलमा पछिल्लो सुरक्षा अवस्था र भावी रणनीतिबारे छलफल भएको बुझिएको छ । हालसालै नेपालमा सम्पन्न भारतीय जासुसी संस्था रअका प्रमुख र भारतीय स्थल सेनाध्यक्षको छुट्टाछुट्टै भ्रमण र मंसिर १४ गते चिनियाँ रक्षामन्त्रीको हुन लागेको भ्रमणबारे छलफल भएको बताइएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्