१३,६१२ कोरोना संक्रमित होम आइसोलेसनमा – Kanika Khabar
Friday, April 26Nepali News Portal

१३,६१२ कोरोना संक्रमित होम आइसोलेसनमा

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १३ हजार ६१२ जना कोरोना संक्रमित होम आइसोलेसनमा रहेको जानकारी दिएको छ ।

हिजो आइतबारसम्म मुलुकभर रहेका १९ हजार ९६३ सक्रिय संक्रमितमध्ये १३ हजार ६१२ जना होम आइसोलेसनमा रहेको मन्त्रालयले जानकारी दिएको हो ।

मन्त्रालयका अनुसार सबैभन्दा धेरै बागमती प्रदेशमा ९ हजार २९ जना संक्रमित होम आइसोलेसनमा छन्।

त्यसैगरी, प्रदेश १ मा १ हजार ५३८, प्रदेश २ मा ३०९, गण्डकी प्रदेशमा एक हजार ३०, लुम्बिनी प्रदेशमा ७७१ जना संक्रमित होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ ।

यसैगरी कर्णाली प्रदेशमा ९० जना र सुदूरपश्चिम प्रदेशमा ८४५ जना संक्रमित होम आइसोलेसनमा रहेको स्वास्थ्य मन्त्रालयको तथ्या‌कमा उल्लेख छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्