वडाध्यक्ष सहित ७ जना जुवाडे पक्राउ – Kanika Khabar
Friday, April 26Nepali News Portal

वडाध्यक्ष सहित ७ जना जुवाडे पक्राउ

    मा प्रकाशित

कनिका खबर
मंसिर ८, दाङ ।
दाङमा एक वडाध्यक्षसहित ७ जना जुवाडे पक्राउ परेका छन् । पक्राउ पर्ने वडाध्यक्ष अर्घाखाँची जिल्लाका सितगंगा नगरपालिका वडा नं. ८ का ४२ बर्षीय रुकेश आले रहेका छन् । उनी आज सोमवार विहान १ बजे दाङको राप्ती गाउँपालिका वडा नं. २ लालमटियास्थित एक रेष्टुरेष्टमा जुवाको खालवाट पक्राउ परेका हुन्। तर पक्राउ परेका वडाध्यक्ष आलेले प्रहरीलाई भने गलत ठेगाना लेखाएको पाइएको छ ।

उनले प्रहरीमा दाङको राप्ती गाउँपालिका वडा नं. १ भन्ने ठेगाना लेखाएका छन् । उनी तत्कालीन नेकपा एमालेबाट निर्वाचन जितेका थिए । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक गरेको नाम लिष्टमा उनको नाम रुपेश आले र ठेगाना दाङको राप्ती गाउँपालिका वडा नं. १ लेखिएको छ ।

अर्घाखाँचीकै एक नेताले आले सितगंगा नगरपालिका वडा नं. ८ का वडाध्यक्ष भएको र उनले प्रहरीलाई झुक्याउन झुठो ठेगाना लेखाएको जानकारी दिए । दाङका प्रहरी अधिकारीले भने वडाध्यक्ष पक्राउ परेको बारे अनभिज्ञता प्रकट गरेका छन् ।

जिल्ला प्रहरी प्रवक्ता डिएसपी सुमित खड्काले वडाध्यक्ष पक्राउ परेको बारे आफुलाई कुनै जानकारी नभएको बताए ।

पक्राउ पर्ने अन्य व्यक्तिहरुमा प्यूठान जिल्लाको सरुमारानी गाउँपालिका वडा नं। ३ का ५० बर्षीय चुमानसिंह सुनार, सोही ठाउँका ३५ बर्षीय अल्ली शाह, सरुमारानी वडा नं। १ का २४ बर्षीय एडिस मिया, सोही ठाउँकै ४० बर्षीय अक्कबर हुसेन मिया, सोही ठाउँकै ४४ बर्षीय कृष्णबहादुर राना, रेष्टुरेण्ट सञ्चालक दाङको राप्ती गाउँपालिका वडा नं। २ लालमटिया निवासी २१ बर्षीय यमबहादुर राना रहेका छन् ।

जिल्ला प्रहरी प्रबक्ता खड्काले पक्राउ परेका सबैका विरुद्ध अदालतवाट ७ दिनको म्याद सोमवार थप गरि अनुसन्धान गर्ने आदेश मिलेको जानकारी दिए ।

दाङको राप्ती गाउँपालिका वडा नं। २ लालमटिया स्थित गोपाल खत्रीको घरमा सोही ठाउँका २१ बर्षीय यमबहादुर रानाले सञ्चालन गरेको राप्ती फेम्लिरेष्टुरेण्टवाट वडाध्यक्ष आलेसहित ७ जना एक लाख ४६ हजार नगदसहित सोमवार विहान १ बजे पक्राउ परेका थिए ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्