रौतहटको बृन्दावनमा छिमेकीको कुटपिटले एक जनाको मृत्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

रौतहटको बृन्दावनमा छिमेकीको कुटपिटले एक जनाको मृत्यु

    मा प्रकाशित

उपेन्द्र गोले
मंसिर ९, रौतहट ।
रौतहटको बृन्दावन नगरपालिकामा छिमेकीको कुटपिटले एक जनाको मृत्यु भएको छ । बृन्दावन नगरपालिकाको सखुवा धमौराका १९ वर्षका विकास पासवानले मदिरा सेवन गरि आफ्ना छिमेकी ५० वर्षका अमिरी पासवानलाई गाली गर्दै कुटपिट गरेका थिए ।

कुटपिटको क्रममा विकास पासवानले धकेल्दा अमिरि पासवानको लडेर टाउकोमा चोट लागेर मृत्यु भएको हो । घाइते भएका अमिरिको उपचारको क्रममा रौतहटको गरुडास्थित सिटि अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।

कुटपिट गरि हत्या गरेकोे आरोपमा प्रहरीले २ जनालाई पक्राउ समेत गरेकोे छ । पक्राउ पर्नेमा वृन्दावन नगरपालिका सखुवा धमौरा बस्ने १९ वर्षका विकास पासवान र ५५ वर्षका बिन्द पासवान रहेका छन् । घटनास्थलमा तत्काल ईलाका प्रहरी कार्यालय गरुडा र प्रहरी चौकी हर्षाहाबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेकोे हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्