आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु – Kanika Khabar
Saturday, April 27Nepali News Portal

आजबाट लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु

    मा प्रकाशित

कनिका खबर
मंसिर १०, दाङ ।

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान आजबाट भएको छ । १६ दिने अभियान सचेतनामूलक तथा अभियानमूलक कार्यक्रम गरेर मनाउन सरकारले सबै तहका सरकारलाई आग्रह गरेको छ ।

वितेका वर्षमा पनि दिवसका अवसरमा विभिन्न कार्यक्रम गरेर मनाईदै आएको र यस वर्ष पनि त्यसै अनुसार मनाउन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले ३ वटै तहका सरकारलाई परिपत्र गर्दै आग्रह गरेको हो ।

संघीय सरकारले आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु गर्ने भएकाले सबै निकायले त्यसै अनुसार मनाउन मन्त्रालयका लैङ्गिक हिंसा निवारण शाखाले जनाएको छ ।

यस वर्ष नोभेम्बर २५ देखि डिसेम्बर १० अर्थात् आजदेखि मंसीर २५ गतेसम्म मनाइने लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानको राष्ट्रिय नारा ‘लैङ्गिक हिंसा अन्त्यको प्रतिवद्धताः व्यक्ति, समाज र सबैको ऐक्यवद्धता’ भन्ने रहेको छ ।

संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्बर २५ लाई महिला हिंसाविरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेपछि अभियानकै रुपमा विश्वभर यो दिवस मनाउने गरिएको हो । नेपालमा भने २०५४ सालदेखि दिवस मनाउन थालिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्