अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्वारा उद्दार – Kanika Khabar
Sunday, March 15Nepali News Portal

अटो दुर्घटनाका घाइतेको पालिका अध्यक्ष पौडेलद्वारा उद्दार

    मा प्रकाशित

प्रेमबहादुर राम्जा मगर

१०, मंसिर, दाङ ।

अटो दुर्घटनामा घाइते भएका चार जनाको बबई गाउँपालिका अध्यक्ष भुबनेश्वर पौडेलले उद्धार गर्नुभएको छ । घोराही जाने क्रममा पालिका अध्यक्ष पौडेलले तुलसीपुरको कुमलगडीबाट उद्दार गरेका छन् ।

 

उनीहरुको तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । कुमलगडीमा अनियन्त्रित भएर दुर्घटना हँुदा चार जना घाइते भएका छन् । प्रहरीका अनुसार घाइते हुनेहरुमा बाँकेको कोहलपुर नगरपालिका २ फरेलाका रहेका छन् ।

 

ईलाका प्रहरी कार्यालय तुलसीपुरले दिएको जानकारी अनुसार बाँकेको कोहलपुर २ फरेला निबासी ३८ बर्षीय झकी कनौ मगर, १० बर्षका उमेश वली, ७ बर्षका सञ्जय कनौ मगर र गणेश थापा रहेका छन् । भे १ ह ३५४७ नम्बरको अटो दुर्घटनामा परेको हो ।

 

घाइते अबस्थामा रहेका उनीहरुलाई बबई गाउँपालिकाको गाडीमा राखेर तुलसीपुरसम्म लगिएको थियो । उनीहरुको उपचार जारी रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये झकी कनौ मगर गम्भीर रहेको जनाइएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्