महाेत्तरीमा कर्फ्यु – Kanika Khabar
Friday, April 26Nepali News Portal

महाेत्तरीमा कर्फ्यु

    मा प्रकाशित

मंसिर ६, महाेत्तरी ।

महाेत्तरीकाे बर्दिवासमा भएकाे प्रदर्शनलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागि घाइते भएका बर्दिबास नगरपालिका- १ का सञ्जय न्यौपानेको मृत्यु भएपछि स्थानीयबासी अझ आक्रोशित बनेका छन् ।

स्थिती नियन्त्रणबाहिर जान नदिन बर्दिबासको पूर्वमा रातु खोला, पश्चिममा माइस्थान, दक्षिणमा क्वार्टर चोक र उत्तरमा पाटोचोसम्म निषेधाज्ञा जारी गर्दै ब्यापक मात्रामा सुरक्षाकर्मी परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी कटुवालले बताए ।

न्यौपानेलाई शहीद घोषणा गर्नुपर्ने, क्षतिपुर्ति दिनुपर्ने, दोषी प्रहरीलाई कारबाही गर्नुपर्ने लगायतका माग गर्दै स्थानीय बासिन्दाले प्रदर्शन चर्काएपछि स्थानीय प्रशासनले बिहानदेखि निषेधाज्ञा जारी गरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्