गजल – Kanika Khabar
Saturday, April 20Nepali News Portal

गजल

    मा प्रकाशित


हो गर्न सक्छु म सबैको आदर गजल लेखेर।
ढाल्न सक्छु बिस्तारबादी पिलर गजल लेखेर।

मलाई मार्न भनेर जति षडयन्त्र गर तिमी,
पचाउन सक्छु दुस्मनका जहर गजल लेखेर।

नहेप जहिले पनि तेरो औकात के छ भनी,
पानी माथि नै गर्न सक्छु सफर गजल लेखेर।

कडा मुटु छ पग्लिन्न म भनेर भन्छ्यौ तिमी,
पगालेर रुवाउन सक्छु धरधर गजल लेखेर।

कुनै दिन तिमीलाई हुनेछ कहाँ देखु कहाँ भेटु,
र त म सजिलै बदल्छु तिम्रो थर गजल लेखेर।
नवराज खरेल।
स्वर्गद्वारी प्यूठान।
हाल दाङ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्