गजल – Kanika Khabar
Thursday, April 30Nepali News Portal

गजल

    मा प्रकाशित


हो गर्न सक्छु म सबैको आदर गजल लेखेर।
ढाल्न सक्छु बिस्तारबादी पिलर गजल लेखेर।

मलाई मार्न भनेर जति षडयन्त्र गर तिमी,
पचाउन सक्छु दुस्मनका जहर गजल लेखेर।

नहेप जहिले पनि तेरो औकात के छ भनी,
पानी माथि नै गर्न सक्छु सफर गजल लेखेर।

कडा मुटु छ पग्लिन्न म भनेर भन्छ्यौ तिमी,
पगालेर रुवाउन सक्छु धरधर गजल लेखेर।

कुनै दिन तिमीलाई हुनेछ कहाँ देखु कहाँ भेटु,
र त म सजिलै बदल्छु तिम्रो थर गजल लेखेर।
नवराज खरेल।
स्वर्गद्वारी प्यूठान।
हाल दाङ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्