पर्वतको फलेवासमा १० शैयाको अस्पताल भवन शिलान्यास – Kanika Khabar
Friday, April 26Nepali News Portal

पर्वतको फलेवासमा १० शैयाको अस्पताल भवन शिलान्यास

    मा प्रकाशित

कनिका खबर
मंसिर १५, पर्वत
पर्वतको फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा १० शैयाको फलेवास अस्पताल भवनको शिलान्यास गरिएको छ । आज सरकारले एकैदिन मुलकभरका ३९६ स्थानीय तहमा आधारभूत अस्पताल शिलान्यास गर्ने कार्यक्रम अनुसार पर्वतको फलेवासमा पनि नगर स्तरीय अस्पतालको शिलान्यास गरिएको हो । अस्पताल भवनको फलेवास नगरपालिकाका प्रमुख पदमपाणी शर्माले शिलान्यास गर्नुभएको छ । २ बर्षभित्र सम्पन्न हुने गरि करिब १० करोडको लागतमा अस्पताल भवन निर्माण हुन लागेको फलेवास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रुद्र शर्मा सापकोटाले जानकारी दिनुभयो । स्थानीय स्तरमा बन्न लागेको अस्पतालले अब घर दैलोमै गुणस्तरीय र विशेषज्ञ प्रदान हुने बताउदै स्वास्थ्य क्षेत्रमा कोषेढुंगा साबित हुने सापकोटाले बताउनुभयो । शिलान्यास कार्यक्रममा बोल्दै नगरप्रमुख पदमपाणी शर्माले आधारभूत स्वास्थ्य सेवाबाट नगरका कुनैपनि व्यक्ति बन्चित नहुने बताउदै नगरमै सुबिधा सम्पन्न अस्पताल बन्ने भएपछि फलेवासमा स्वास्थ्यको क्षेत्रमा क्रान्ति भएको बताउनुभएको छ । दीर्घकालीन दिगो विकास संगै नगरका ११ वटै वडालाई सहज हुने गरि नगर कार्यपालिकाको निर्णय अनुसार वडा नं. ६ देविस्थानमा अस्पताल निर्माण गर्न लागिएको उहाँले बताउनुभयो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्