सक्रिय कोरोना सङ्क्रमितको संख्या घट्दो क्रममा – Kanika Khabar
Friday, April 26Nepali News Portal

सक्रिय कोरोना सङ्क्रमितको संख्या घट्दो क्रममा

    मा प्रकाशित

मंसिर १९, दाङ ।
नेपालमा पछिल्लो समय कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या घट्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हिजो बिहीबार देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १५ हजार ७ सय ६६ रहेको छ ।
एक साता अघि नेपालमा कोरोनाका सक्रिय सङ्क्रमितको सङ्ख्या १७ हजार २ सय ३७ रहेको थियो । यस्तै पछिल्लो २४ घण्टामा देशभर थप एक हजार तीन सय ४३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै नेपालमा कोरोना भाइरसका कारण सङ्क्रमित हुनेको सङ्ख्या २ लाख ३७ हजार ५ सय ८९ पुगेको छ ।
मन्त्रालयको अद्यावधिक विवरण अनुसार पछिल्लो २४ घण्टामा थप २ हजार १सय २२ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना सङ्क्रमण भएर निको हुनेको सङ्ख्या २ लाख २० हजार २ सय ७२ पुगेको छ । उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट सङ्क्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १५ जनाको कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ ।योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १हजार ५ सय ५१ पुगेको छ ।

 

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्