नेकपामा जुटेन सहमति अब स्थायी समितिमा छलफल हुने – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

नेकपामा जुटेन सहमति अब स्थायी समितिमा छलफल हुने

    मा प्रकाशित

कनिका खबर
मंसिर २०, दाङ ।
सत्तारुढ दल नेकपाको अन्यौलताका बीच आज बसेको सचिवालय बैठक सहमति बिना नै टुङ्गिएको छ । लगातारको परामर्श पछि बसेको बैठकमा सहमति जुटाउन नसकेपछि पार्टीभित्रको विवाद स्थायी समितिमा पुगेको छ । आज बसेको सचिवालय बैठकले विवादको छिनोफोनो गर्ने जिम्मा स्थायी समितिलाई दिएको हो ।

बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले विवादको पूर्वनिर्धारित कार्यतालिकाअनुसार भोलि आइतबारको स्थायी समिति बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्ड दुबैको प्रस्ताव छलफलका लागि लैजाने निर्णय भएको बताए । निर्णयअनुसार आइतबारको स्थायी समितिमा दुबै प्रस्ताव पेश हुनेछ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्