लकडाउनले खाद्यान्नको आयात बढायो – Kanika Khabar
Friday, April 26Nepali News Portal

लकडाउनले खाद्यान्नको आयात बढायो

    मा प्रकाशित

मंसिर २०, काठमाडौँ ।

सरकारले गत चैतबाट गरेको लकडाउनपछि खाद्यान्नको आयातझन्डै साढे १७ अर्बले बढेको छ । भन्सार विभागको अनुसार २०७५÷०७६ को चैतदेखि कात्तिकसम्मको अवधिमा ७ अर्ब ४४ करोड रुपैयाँको खाद्यान्न आयात भएको थियो । तर, गतवर्षको चैतदेखि कात्तिकसम्म ४४ अर्ब ९० करोडको खाद्यान्न आयात भएको छ ।

यो अघिल्लो वर्षको यस्तै अवधिको भन्दा १७अर्ब ४६ करोडले बढी हो । भन्सार विभागका महानिर्देशक सुमन दाहालका अनुसार गत चैतदेखि कात्तिकसम्म चामलको आयात अघिल्लो पटकको यस्तै अवधिको तुलनामा ४६ प्रतिशतले बढेर १७अर्ब ३० करोडको आयातभएको छ ।
२०७६ चैतदेखि २०७७कात्तिकसम्मको अवधिमा चिनीको आयात १८ गुणा बढेको छ । यो अवधिमा चिनी मात्रै ६ अर्ब १४ करोड रुपैयाँको आयात भएको छ ।

गहुँको करिब डेढ गुणा अर्थात् १ सय १४ प्रतिशतले बढेर ९ अर्ब १४ करोड, दाल तथा गेडागुडीको ५५ प्रतिशतले बढेर १४ अर्ब २२ करोड, धानको १ सय ३३ प्रतिशतले बढेर ६ अर्ब ९२ करोड, तोरी र रायोको आयात ७० प्रतिशत बढेर ७ अर्ब ८५ करोडको आयात भएको छ । यस्तै, भटमासको पिना, बेसार,आलु, कनिका, किटनाशक औषधिलगायतको खाद्यान्नमा आयातमा वृद्धि भएको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्