ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडको संघर्षपूर्ण जित – Kanika Khabar
Friday, February 14Nepali News Portal

ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडको संघर्षपूर्ण जित

    मा प्रकाशित

एजेन्सी/ स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिडले संघर्षपूर्ण जित निकालेको छ ।

सेभियाको मैदानमा रियलले आत्मघाती गोलबाट जित निकालेको हो ।

 

शनिबार राति भएको खेलमा रियलले सेभियामाथि आत्मघाती गोलको मद्दतमा जित निकालेको हो ।

निकै प्रतिस्पर्धात्मक खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । खेलको ५६औँ मिनेटमा सेभियाका गोलकिपर यासिन बाउनुले आत्मघाती गोल गरे ।

रियलका मेन्डीको क्रस बल भिनियस जुनियरले टच गरेपछि यासिनलाई लाग्दै गोलमा परिणत भएको थियो ।

जितसँगै ११ खेलमा २० अंक जोड्दै रियल लिगको तेस्रो स्थानमा उक्लिएको छ । सेभिया १६ अंकसहित पाँचौं स्थानमा उक्लिएको छ ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्