झनै चुलियो नेकपा विवाद, आजको स्थायी कमिटीको बैठकमा ओलीको उपस्थिति अनिश्चित – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

झनै चुलियो नेकपा विवाद, आजको स्थायी कमिटीको बैठकमा ओलीको उपस्थिति अनिश्चित

    मा प्रकाशित

मंसिर २१, दाङ ।
सत्तारुढ नेकपाभित्रको विवाद झनै चुलिदै गएको छ । पार्टीका दुई अध्यक्षको प्रतिवेदनमा सहमति जुटाउन सचिवालय बैठक असफल भएपछि विवाद आज स्थायी कमिटी बैठकमा प्रवेश गर्ने भएको हो । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीको असहमतिबीच आइतबार पार्टी कार्यालय धुम्बराहीमा स्थायी कमिटी बैठक बोलाइएको छ ।

स्थायी कमिटी बैठकमा ओली उपस्थित हुने÷नहुने बारे अझै अनिश्चित छ । शनिबारको बैठकमा ओलीले पार्टीमा देखिएको विवाद सचिवालय बैठकबाटै समाधान गर्नुपर्नेमा जोड दिनुभएको थियो । तर सचिवालय बैठकमा सहमति हुन नसकेको भन्दै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड तथा माधवकुमार नेपाल पक्षले दुवै प्रस्ताव स्थायी कमिटीको बैठकमा लगेर छलफल गर्नुपर्ने अडान लिएका थिए। पार्टीको विवाद आइतबार बस्ने स्थायी कमिटी र बिहीबार सुरु हुने केन्द्रिय कमिटीबाट किनारा लगाउने प्रचण्डनेपाल समूहको तयारी छ । ओली अब बैठकबाट होइन, सहमतिबाट मात्र समस्या समाधान गर्नुपर्ने पक्षमा छन् ।

 

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्