कोरोना विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न जिम्मा स्वास्थ्य सेवा विभागलाई – Kanika Khabar
Friday, April 26Nepali News Portal

कोरोना विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न जिम्मा स्वास्थ्य सेवा विभागलाई

    मा प्रकाशित

मंसिर २१, काठमाडौँ ।
सरकारले कोभिड–१९ विरुद्धको खोपका लागि वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागलाई जिम्मा दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट खोप सम्बन्धी संगठन गाभीसँग समन्वय गर्न र खोप सम्बन्धी अन्य वैदेशिक समन्वय गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दिपेन्द्ररमण सिंहलाई अधिकार दिएको हो ।
विभिन्न उद्योगहरुबाट उत्पादित खोपहरु सहुलियत दरमा उपलब्ध गराउने र नेपाल पनि त्यस संयन्त्रमा सहभागि भएकोले उक्त खोप प्राप्त गर्न सरकारले काम अगाडी बढाएको मन्त्रालयले बताएको छ ।
यस्तै, मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोपको व्यवस्थापनका लागि द्रुत कार्य योजना पनि पारित गरेको छ । विभिन्न देशले बनाएका कोरोना भाइरसविरुद्धको भ्याक्सिन प्रभावकारी हुँदै गएको र प्रयोगमा आउने देखिएपछि मन्त्रालयले नेपालमा पनि खोप भित्र्याउन, भण्डारण गर्ने, प्रयोगमा ल्याउन तथा उचित व्यवस्थापनका लागि द्रुत कार्य योजना पारित गरेको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्