नेकपाको स्थायी कमिटी बैठक एक हप्ता सम्मलाई स्थगित – Kanika Khabar
Saturday, September 18Nepali News Portal

नेकपाको स्थायी कमिटी बैठक एक हप्ता सम्मलाई स्थगित

    मा प्रकाशित

मंसिर २१, काठमाडौँ ।
सत्तारुढ नेकपाको स्थायी कमिटी बैठक एक हप्तासम्मलाई स्थगित भएको छ । आजबाट पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा सुरु भएको बैठक मंसिर २८ सम्मलाई स्थगित भएको हो । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहालका प्रस्ताव पेश भएको थियो ।
उक्त प्रस्ताव अध्ययनका लागि भन्दै बैठक २८ गते सम्मलाई स्थगित भएको छ । बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष ओली सहभागि हुनुभएको थिएन । तर, ओलीले बैठकलाई सम्बोधन गर्दै पत्र पठाउनुभएको थियो । प्रधानमन्त्रीले पठाउनुभएको पत्रलाई सचिवालय सदस्य ईश्वर पोखरेलले बैठकमा पढेर सुनाउनुभएको थियो ।
पत्रमा ओलीले पुरानै अडान दोहो¥याएको प्रवक्ता नारायणकाजी श्रेष्ठले बताउनुभयो । ओलीले अर्का अध्यक्ष दाहालको प्रस्ताव पार्टी कमिटीमा छलफलका लागि योग्य नभएको भन्दै त्यसको फिर्ताको अडान राख्नुभएको छ । यस्तै, मंसिर २५ गते निर्धारित गरिएको केन्द्रीय कमिटीको बैठक पुष ५ लाई सरेको छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्