एक बालिका भेरी नदीमा बेपत्ता – Kanika Khabar
Thursday, February 13Nepali News Portal

एक बालिका भेरी नदीमा बेपत्ता

    मा प्रकाशित

कनिका संवाददाता
जेठ ५ , सल्यान ।
सल्यान बनगाड कुपिण्डे नगरपालिका एक बालिका भेरी नदीमा बेपत्ता भएकी छ्न । बेपता हुनेमा बनगाड कुपिण्डे नगरपालिका वडा नम्बर १ घाटगा निवासी प्रेम विकको १० वर्षीय छोरी लक्ष्मी विक रहेकी छन् ।
उनी आइतबार बेलुकी ७ बजेतिर भेरी नदीमा पानी ल्याउन साथीहरूसँग गएकी थिइन् । स्थानीयका अनुसार गाउँको धारामा खानेपानी नआएकोले भेरी नदीमा खानेपानी ल्याउन जाँदा भेरी नदीले बगाएको छ ।
राति अबेर र धमिलो भेरी भएकोले खोजी कार्य गर्ने नसकिएको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाए छ । सोमबार बिहानैदेखि भेरी नदीमा डुबेर बेपत्ता बालिकाको खोजी कार्य भैरहेको ईलाका प्रहरी कार्यालय सल्ली बजारले जनाएको छ । खानेपानीको समस्या हुदा वर्षेनी भेरी नदीमा बेपत्ता हुने गर्दछन् ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्