कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ? – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकले के–के गर्‍यो निर्णय ?

    मा प्रकाशित

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि करिब रु १० करोड बजेट विनियोजन गर्ने निर्णय गरेको छ ।
प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले प्रहरी संरचना निर्माणका लागि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतलाई बजेट अख्तियारीका स्वीकृति प्रदान गर्ने निर्णय गरेको हो ।

बैठकले आन्तरिक मामिला तथा कानून मन्त्रालयको प्रस्तावमा पर्वतीय प्रहरी प्रतिष्ठान निर्माणका लागि रु तीन करोड ९३ लाख, अन्य प्रदेश प्रहरी संरचना निर्माणका लागि रु पाँच करोड र प्रहरी तालीम केन्द्र निर्माणका लागि रु एक करोड गरी जम्मा रु नौ करोड ९३ लाख बजेट अख्तियारी प्रदानका लागि स्वीकृति प्रदान गर्ने निर्णय गरेको प्रदेश सरकारका प्रवक्ता एवं भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसीले जानकारी दिए ।

त्यसैगरी, बैठकले मन्त्रालयको चालु आव २०७७–७८ को स्वीकृत बजेटअन्तर्गत चालु शीर्षक नं २७२१२ को उद्धार, राहत तथा पुनस्र्थापना खर्चको क्रियाकलाप सङ्केत नं ७।२।८।५ सडकलगायत दुर्घटना, उद्धार कार्यक्रम शीर्षकबाट कार्यक्रम संशोधनपश्चात् विपद्का घटनाबाट मृत्यु भएका मृतक २३ घर परिवारलाई रु ४६ लाख राहत रकम सम्बन्धित जिल्ला प्रशासन कार्यालयले मृतकको एकीन गरी दोहोरो नपर्ने शर्तमा राहत सुविधा उपलब्ध गराउन स्वीकृति प्रदान गर्ने निर्णय भएको प्रवक्ता केसीले बताए ।

मन्त्री केसीका अनुसार उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रस्तावमा सङ्गठन संरचना र दरबन्दी स्वीकृत प्रदान गर्ने निर्णय भएको छ । रासस

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्