देश खुला दिसामुक्त घोषणा भए पनि सार्वजनिक शौचालयको अभाब – Kanika Khabar
Friday, April 26Nepali News Portal

देश खुला दिसामुक्त घोषणा भए पनि सार्वजनिक शौचालयको अभाब

    मा प्रकाशित

सुबास दर्नाल
मंसिर २२, सोलुखुम्बु ।
७७ वटै जिल्लालाई खुल्ला दिसामुक्त जिल्ला घोषणा त गरियो, तर सार्वजनिक शौचालयको अभाबले देश खुल्ला दिसामुक्त भने हुन सकेको छैन । अधिकांश ठाउँमा सार्वजानिक शौचालय नहुँदा समस्या भएको छ । विश्व स्वास्थ्य संगठनको तथ्याङ्क अनुसार विश्वमा अझै पनि दुई अर्ब ४० करोड मानिस शौचालयको पहुँच बाहिर छन् ।
नेपालका सबै नागरिक सुरक्षित चर्पीको पहुँचमा पुगिसकेको दाबी सरकारले गरे पनि सार्वजनिक स्थानमा भने त्यस्तो देखिदैन । विशेष गरी सडक मार्गमा शौचालय नभेटिने बताउनुहुन्छ सवारी चालक सुशन श्रेष्ठ ।नेपाललाई २०७६ असोज १३ गते खुला दिसा मुक्त देश घोषणा गरिएको हो । देश खुल्ला दिसामुक्त भएको १ बर्ष बितिसक्दा पनि राजमार्ग र सार्वजनिक स्थानमा शौचालय बनाइसकिएको छैन । भएका शौचालय पनि व्यवस्थित छैनन् ।

पानी र सरसफाइको अभाबले पनि शौचालयहरु प्रयोग बिहिन भएको सोलुखुम्बुका नुरु शेर्पा बताउनुहुन्छ ।
मुख्यगरी यात्राका क्रममा र सार्वजनिक स्थान र कार्यालयमा जाँदा शौचालयको अभाब हुने गरेको छ । राजमार्गमा सार्वजनिक शौचालय भेटाउन घण्टौसम्म यात्रा गरि खाजा, खाना या झाडी भएको ठाउँमा पुग्नुपर्ने अबस्था समेत आएको सवारी चालक बिकेश खालिङको अनुभब छ । स्थानीय सरकारले सार्बजनिक शौचालय ब्यवस्थापनमा ध्यान दिनुपर्ने भएपनि यस तर्फ ध्यान जान नागरिकको गुनासो छ ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्