दाङमा अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ – Kanika Khabar
Tuesday, February 18Nepali News Portal

दाङमा अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ

    मा प्रकाशित

मंसिर २२, दाङ ।
दाङमा अवैध लागुऔषध ब्राउन सुगरसहित ६ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राप्ती गाउँपालिका वडा नं. ९ देवीकोट निवासी ३७ वर्षिय सङसुलहक मिया, प्युठान सरुमारानी राप्ती गाउँपालिका वडा नं। १ बाङ्गेसाल निवासी ३० वर्षिय ईसादिन मिया, सोही ठाउँ निवासी २८ वर्षिय अजित मिया, सोही वडा माझेलाठी निवासी २३ वर्षिय रबिन नेपाली, साथै बाङ्गेसाल निवासी २४ वर्षिय ईदिस मिया र गढवा गाउँपालिका वडा नं।१ जुरौनी निवासी ३२ वर्षिय गफुर मिया रहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ ।

पक्राउ परेकाहरूको साथबाट ३० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ ।
गढवा गाउँपालिका वडा नं। १ जुरौनी स्थित गफुर मियाको घरबाट उनीहरुलाई हिजो पक्राउ गरिएको हो । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्