कनिका खबर
मंसिर २३, दाङ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज मंगलबार सर्वदलीय बैठक डाकेका छन् ।
खासगरी पछिल्ला दिनमा सडकमा बाक्लिदै गएको प्रदर्शनका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाकिएको बताइएको छ । सडकमा देखिएको प्रदर्शनका विषयमा दलहरूको साझा धारणा बुझ्नका लागि बैठक डाकिएको प्रधानमन्त्रीनिकट स्रोतको भनाइ छ ।
बैठक आज मंगलबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने गरी बोलाइएको छ । संसदमा प्रतिनिधित्व गर्ने दलको बैठक आयोजना गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राष्ट्रिय राजनीतिका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।