कनिका खबर
मंसिर २३, दाङ ।
सुनको मुल्यमा वृद्धि भएको छ । आज मंगलबार नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ हजार ५०० रूपैयाँले बढेको छ ।
आज छापावाल सुन तोलाको ९४ हजार १०० रूपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९३ हजार ६५० रूपैयाँ पुगेको छ । सोमबार तेजाबी सुन प्रतितोला ९२ हजार १५० रूपैयाँमा कारोबार भएको थियो ।
चाँदीको मूल्य आज ३० रूपैयाँले बढेको छ । चाँदीको मूल्य सोमबार एक हजार २०५ रूपैयाँ तोकिएकोमा आज १ हजार २३५ कायम गरिएको छ ।