सरकारले जनअपेक्षा अनु्सार काम नगरेको प्रतिपक्षि दलहरुको आरोप – Kanika Khabar
Sunday, January 18Nepali News Portal

सरकारले जनअपेक्षा अनु्सार काम नगरेको प्रतिपक्षि दलहरुको आरोप

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, काठमाडौं
प्रधानमन्त्री केपी शर्माले बोलाएको सर्वदलीय बैठकमा उपस्थित भएका बिभिन्न दलका नेताहरुले सरकारले नागरिकको अपेक्षा र संबिधानको मर्म अनुरुप काम नगरेको आरोप लगाएका छन् । आज बालुवाटारमा भएको सर्वदलीय छलफलमा नेताहरुले सरकारले गलत काम गरेकाले सडकमा असन्तुष्टि देखिएको बताएका छन् । बैठकको सुरुमा प्रधानमन्त्री ओलीले कोभिड–१९ को सन्दर्भ र राजवादीहरुको प्रर्दशनका विषयमा नेताहरुको धारणा माग्नुभएको थियो । त्यसपछि बोल्ने प्रमुख प्रतिपक्ष दल काँग्रेस, जनता समाजवादी लगायतका नेताले सरकारले राम्रो काम नगर्दा जनतामा असन्तुष्टि पैदा भएको धारणा राखेका थिए । त्यहि असन्तुष्टि अहिले सडकमा देखिएको र त्यसलाई प्रतिगामीहरुले उपयोग गर्ने कोशिस गरेको नेताहरुले बताएका छन् । काँग्रेस नेताहरुले सरकार संविधानको मर्म अनुसार नचल्दा विभिन्न कोणबाट सडकमा असन्तुष्टि देखिएको बताएका छन् । सरकार सच्चिएर लोकतान्त्रिक पद्धती अनुसार चल्यो भने त्यस्ता प्रवृत्ति सफल हुन नसक्ने आफुहरुले बताएको काँग्रेस सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिनुभयो । बैठकमा राजतन्त्रको पक्षमा भइरहेको आन्दोलनबारे छलफल भएको थियो । नेताहरुले कोरोना रोकथाम र नियन्त्रणमा सरकार असफल भएको पनि बताएका थिए ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्