कालिकोटमा दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईयो ।। – Kanika Khabar
Friday, April 26Nepali News Portal

कालिकोटमा दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाईयो ।।

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, कालिकोट
महिनावारीका कुरा, मर्यादा केन्द्रित भए मात्र हुन्छन पुरा भन्ने मुल नारा सहित कालिकोटमा पनि दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस मनाइएको छ । लैगिंक हिंसा सम्वन्धिको एक अन्र्तक्रिया कार्यक्रमका सहभागिहरुले पहिलेको तुलनामा अहिले छाउगोठमा बस्ने महिलाहरु कमै मात्रामा भएको बताएका छन् । परम्परागत रुपमा मानिने छुवाछुत प्रर्थालाई अन्त्य गर्न जिल्ला स्थित सरकारी तथा गैरसरकारी संस्था लागि परेका छन् । छाउप्रथा मान्नु हुन्न भन्ने सोच लिएर हिनेका नागरिकहरुले पहिलेको तुलनामा अहिले ५ प्रतिशत मात्र महिलाहरु महिनावारीको समय गोठमा बस्ने गरेको बताएका छन् । महिला बालवालिकाको क्षेत्रमा कार्य गदै आएको सामाजिक सेवा केन्द ्र(सोसेक) कालिकोटका प्रमुख संगिता वलीले भन्नुभयो, गाउँघरमा जाँदा महिलाहरु महिनावारीको समय छाउगोठमा बस्नेहरुको संख्यामा कमि आएको छ । परिवर्तन आफैबाट शुरु गर्नु पर्ने उहाँले बताउनुभयो । वलीका अनुसार लैगिंक हिंसा विरुद्धको अभियान चलिरहेको बेला छाउप्रथा पनी एक कुरीती कु–सस्कारको रुपमा रहेकाले गाउँ समाजमा रहेका नारीहरुलाई महिनावारीको विषयमा विशेष तालिम दिएर छाउगोठको अन्त्य गर्नतिर लाग्नु पर्ने उहाँले बताउनुभयो । यस्तै किर्डाक नेपाल कालिकोटका अमर राज सार्कीले महिनावारी हुँदा के गर्ने के नगर्ने जस्ता विषय माथि प्रष्ट पार्नुभयो । सार्कीका अनुसार ४७ प्रतिशत महिलाहरु महिनावारी भएका बेला भान्सामा जाने गर्दछन् भने अझैपनि ५३ प्रतिशत महिलाहरु यो समयमा भान्सामा जादैनन् । अघिल्लो वर्षको भन्दा यो वर्षमा छाउगोठमा बस्ने महिनावारीको संख्यामा ५ प्रतिशतले कमि देखिएको छ । प्लान इन्टरनेशन नेपाल, राधा पौडेल फाउन्डेशन, सेभ द चिल्ड्र्रेन, सोसेक नेपाल र मानव अधिकार तथा वातावरण विकास केन्द्र(हुरेन्डेक) नेपाल र किर्डाक नेपाल कालिकोटको आयोजनामा सयुक्त रुपमा दोस्रो अन्तराष्ट्रिय मर्यादित महिनावारी दिवस कालिकोटमा मनाइएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्