अमेरिकामा कोरोना भाइरसको अर्को लहर आउने चेतावनी – Kanika Khabar
Thursday, November 13Nepali News Portal

अमेरिकामा कोरोना भाइरसको अर्को लहर आउने चेतावनी

    मा प्रकाशित

कनिका खबर
मंसिर २३, दाङ
अमेरिकाका वरिष्ठ सङ्क्रामक रोग विज्ञ डाक्टर एन्थोनी फाउचीले क्रिसमसपछि अमेरिकामा कोरोना भाइरसको अर्को लहर आउने चेतावनी दिनुभएको छ । क्रिसमस र नयाँ वर्षको छुट्टीको समय थप चुनौतिपूर्ण बन्न सक्ने र त्यो नयाँ लहर ल्याउने कारक बन्न सक्ने उहाँले चेतावनी दिनुभएको छ । सीएनएनसँग कुराकानी गर्दै डा. फाउचीले लामो बिदाको समय भएकाले यसले परिस्थितिलाई थप जटिल बनाउन सक्ने बताउनुभयो । फाउचीलाई राष्ट्रपति निर्वाचित जो बाइडनले कोभिडका विषयमा आफ्नो प्रमुख चिकित्सा सल्लाहकारको रूपमा काम गर्न आग्रह गर्नुभएको छ । अमेरिकामा पछिल्लो समय कोरोना सङ्क्रमितको संख्या औसतमा दैनिक दुई लाख पुग्दै आएको छ । अस्पतालहरू कोरोना भाइरसका बिरामीले भरिन थालेपछि अमेरिकाका दुई ठूला राज्यहरू क्यालिफोर्निया र न्युयोर्कले खराब जनस्वास्थ्य सङ्कटको चेतावनी दिएका छन् । अमेरिकामा अहिले १ करोड ५३ लाखभन्दा धेरैलाई सङ्क्रमण भएको छ । २ लाख ९० हजारभन्दा धेरै संक्रमितको मृत्यु भएको छ ।

"कनिका खबर डट कम"

यो नेपाली भाषाको डिजिटल पत्रिका हो । हामी तपाईंहरूका सामु छुटै महत्वको साथ समाचार पस्कदै छौँँ । हामी सधैं तपाईंको रचनात्मक सल्लाह र सुझावको अपेक्षा गर्दछौं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाईंको समाचारको साथी कनिका खबर  [Email : kanikakhabar@gmail.com]

     
प्रतिक्रिया दिनुहोस्