बेवारिसे अवस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार – Kanika Khabar
Friday, April 26Nepali News Portal

बेवारिसे अवस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार

    मा प्रकाशित

 

epradeshtoday

प्रेमबहादुर राम्जा मगर
घोराही, ३ माघ ।

बबई गाउँपालिकाले बेवारिसे अवस्थामा रहेका दुई ब्यक्तिलाई उद्धार गरेको छ । गाउँपालिकाको पहलमा उनीहरूलाई उद्धार गरिएको हो ।

हापुरे र हंसपुर क्षेत्रमा बेवारिसे अवस्थामा बस्दै आएका दुई ब्यक्तिलाई उद्धार गरी मानव सेवा आश्रम सुर्खेत पठाइएको अध्यक्ष भुवनेश्वर पौडेलले जानकारी दिएका छन् । नेपाल सरकारको लक्ष्यअनुसार उनीहरूलाई उद्धार गरिएको हो ।

सरकारले सडक मानवमुक्त देश बनाउने लक्ष्य लिएको भन्दै उनीहरूलाई उद्धार गरेको अध्यक्ष पौडेलले जानकारी दिए । उनीहरूलाई गाउँपालिकाले सञ्चालन गर्दै आएको एम्बुलेन्समार्फत् सुर्खेत पठाइएको छ ।

उनीहरूलाई पालिकाका अध्यक्ष पौडेलसहित वडा अध्यक्षहरू टेकबहादुर वली, डम्बरबहादुर शिरीष मगर, चिन्तामणि शर्मा, ईलाका प्रहरी कार्यालय खिलतपुरका प्रमुख प्रहरी निरिक्षक मोहनविक्रम केसी, स्वास्थ्य शाखाका उपसंयोजक शरदराज गिरीको सहभागितामा उद्धार गरिएको हो ।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्