‘दिउँसो उपभोक्ताको काम गर्छु, बेलुका तरकारी खेतीमा रमाउँछु’ – Kanika Khabar
Friday, April 26Nepali News Portal

‘दिउँसो उपभोक्ताको काम गर्छु, बेलुका तरकारी खेतीमा रमाउँछु’

    मा प्रकाशित

शिवु खनाल
दाङ, ३ माघ


दाङको लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरीले उपभोक्ताबाट गुनासोहरू आउने गरेको बताउनुभयो । उपभोक्ताहरू बाट खानेपानीको पैसा धेरै भयो, रिडिङ्ग समयमा भए, चुना निर्मुल भएन भन्ने लगायत अन्य गुनासोहरू आउने गरेको संस्थाका अध्यक्ष चौधरी बताउनुहुन्छ । ‘उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै काम गर्ने प्रयासमा लागेको छु । ०७५/९/२१ गते नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाट निर्वाचित लमही खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष डण्डिराम चौधरीले उपभोक्तालाई दैनिक कसरी शुद्व खानेपानी खुवाउन सकिन्छ त्यस तर्फ मेरो ध्यान केन्द्रीत रहेको बताउनुभयो ।
खानेपानीको अभावलाई परिपुर्ति गर्नको लागि अहोरत्र कटिबद्ध रहेने अध्यक्ष चौधरीले प्रतिवद्धा जनाउनुभयो । उहाँले भन्नुभयो,–। ‘विभिन्न चुनौति बावजुद पनि स्वस्थ खानेपानी आपुर्ति गर्नेमा संस्था सफल भएको छ । बजारमा खानेपानीको समस्या नरहेको र पाइप फुटेर हुने चुहावट तथा अन्य समस्या देखीएमा संस्थाको कार्यालयमा सम्पर्क गरि सहयोग गर्न आग्रह गर्दछु ।’ ‘खाना खाएर एघार बजे अफिसमा जान्छु, उपभोक्ता संग भेट्छु, समस्या कहाँ छ भनेर, फोन सम्पर्क गर्नुहुन्छ उपभोक्ताले ।’ ‘संस्थाबाट पलम्बर पठाएर उपभोक्ताको काम गर्छु । उपभोक्ताको गुनासोलाई मध्यनजर गर्दै काम गर्ने प्रयासमा लागेको छु, चौधरीले भन्नुभयो,–। ‘दिउँसो उपभोक्ताको काम गर्छु, बेलुका तरकारी खेति गर्न घर फर्कनुपर्छु । साझ विहान नगर काम पुग्दैन खान । काम गर्नैपर्छ ।’
डण्डिराम चौधरी खानेपानीको संस्थाको अध्यक्ष मात्रै नभइ उहाँ एक कुशल व्यवसायी कृषक पनि हुनुहुन्छ छ । वर्षाैदेखि चौधरीले तरकारी खेति गर्दै आउनु भएको पनि छ । पहिले विगहौँ जमिनमा तरकारी खेति गरिन्थ्यो । अहिले विभिन्न संघसंस्थामा आवद्व छु । चारै तिर हेर्नुपर्ने हुन्छ । चौधरीले भन्नुभयो,–। ‘अहिले बढिमा दुई कठ्ठा जग्गामा पालक, सुइज साग, भाजि, सम्धिनी साग, सम्फु, लोकल धनिया, बेथे, मुला, टमाटर, बन्दगोभि, काउलि, ब्रो काउली गरि हिउदे तरकारी व्यवसायी गर्दै आएको छु भने वर्षायाममा तोरइ, भिन्डि, लौका, करैला, व्यवसायी खेति गर्दै आएको छु ।’
करिब अठार वर्ष देखि परम्परागत रूपमा व्यवसायी तरकारी खेति गर्दै आउनु भएका चौधरी र उहाँको जीवन संगीनि सावित्री चौधरीले स्थानीय बजारमा तरकारी खपत गर्दै आउनु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,–। ‘बेलुका श्रीमान् अफिसबाट फर्केपछि बारिमा तरकारी टिपेर मुठा पार्छाै विहान स्थानीय लमही बजारमा छिटुवामा हालेर विक्रि गर्न हिड्छु ।’ खर्च कटाएर एक लाख पचाँस हजार वार्षिक आम्दानी गरेको उहाँले बताउनुभयो । खेति गर्दा विउविजन, जोताइ र सिचाइमा खर्च बीस हजार वर्षको खर्च लाग्ने गरेको छ ।।

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्