घोराहीमा विकास निर्माणका कामहरू धमाधम सुरू – Kanika Khabar
Friday, April 26Nepali News Portal

 घोराहीमा विकास निर्माणका कामहरू धमाधम सुरू

    मा प्रकाशित

सपना बोहरा
घोराही, ६ माघ ।

 घोराहीमा विकास निर्माणका कामहरू धमाधम सुरू भएका छन् । घोराही बजारका नाला निर्माण, बाटो पिच गर्नेदेखि गाउँ, बजार जोड्ने सडकहरूको काम धमाधम भईरहेको छ ।

पूर्वाधारको कामलाई प्राथमिकतामा राखेको घोराही उपमहानगरले आफ्नो नगर क्षेत्रका विकास निर्माणका कामहरूमा गति बढाएको छ । प्रदेश सरकार र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर विकास निर्माणका कामहरूलाई तिव्रता दिएको घोराही उपमहानगरपालिकाले जनाएको छ ।

विकास निर्माणको कामको ढिलाई सुस्तीमा व्यापक गुनासो आउन थालेपछि स्थानीय यहाँका स्थानीय सरकार आफैले सडक डिभिजन कार्यालय, प्रदेश सरकार र केन्द्रीय सरकारसँग पहल गरेर कामलाई तिव्रता दिएको छ ।

सबैभन्दा बढी गुनासो आउने गरेको घोराहीको तुलसीपुर चोकको काम पनि सकिएको छ । प्रदेश वा सरकारले हेर्ने योजना भन्दै लामो समयदेखि काम भएको थिएन् । घोराही उपमहानगरले आफै नै पहल गरेर अहिले घोराहीको तुलसीपुर चोकको मुहार फेरिएको छ ।

त्यस बाहेकको पश्चिमतर्फको सडक अथवा घोराहीदेखि तुलसीपुर जाने सडकको भने अदालतमा मुद्दा चलिरहेकाले काम हुन सकिरहेको छैन् ।

विशेषगरी अहिले घोराहीमा बजारमा धमाधम विकास निर्माणका काम भईरहेको देख्न सकिन्छ । कतै नाला पलस्टर गरिरहेका, कतै सडक कालोपत्रे गरिरहेका त कतै कालोपत्रे गर्नको लागि तयारी अवस्थामा भईरहेका छन् ।

बजारमा मात्रै होइन् गाउँ जोड्ने सडकहरू पनि धमाधम काम भईरहेका छन् । गाउँ जोड्ने सडकका ट्रयाक गत वर्ष नै खोलिएका थिए । अहिले धमाधम कालोपत्रे भईरहेका छन् । जसले गर्दा घोराहीमा सडकका रूप नै बेग्लै देखिएको छ ।

पूर्वाधारको कामलाई प्राथमिकतामा राखेको घोराही उपमहानगरले आफ्नो नगर क्षेत्रका विकास निर्माणका कामहरूमा गति बढाएको छ ।

‘नगरले गर्ने काम त लगभग गरिरहेका छौ, संघ प्रदेशले हेर्ने काममा केही प्राविधिक ढिलाई पक्कै भएको हो’ घोराही उपमहानगर–पालिकाका प्रमुख नरूलाल चौधरीले भने ‘सडकको विषयकलाई लिएर व्यापक जनगुनासो आउन थालेपछि हामीले नै समन्वय गरेर काम अगाडी बढाएका छौं ।’

प्रदेश, संघ र सडक डिभिजन कार्यालयसँग समन्वय गरेर नगरको विकासको कामलाई धमाधम अगाडी बढाएको बताए । ‘तुलसीपुर चोकको सडकको काम पनि सकिएको छ, त्यो संघीय सरकार र सडक कार्यालयसंग समन्वय गरेका हाँै’ नगर प्रमुख चौधरीले भने ‘तुलसीपुर जाने सडकको लागि पनि पहल गरिरहेका छौँ ।’

अदालतको प्रक्रियामा रहेकाले केही पनि गर्न नसकिएको बताए । अदालतको प्रक्रियाको लागि छलफल गरेर त्यो सडकको काम पनि गरिसक्ने उनको भनाई छ । चाँडै नै काम सम्पन्न गराउउनको लागि जिम्मा लिएका सम्बन्धित निर्माण व्यवसायीहरूलाई खबरदारी गरिरहेको उनले बताए । कटुवाखोलाको पुलको बाँकी काम पनि अब समन्वय गरेर आफैले गर्ने बताए । ‘त्यहाँ धुलो उडेर धेरै गुनासो आएको छ’ उनले भने ‘त्यसको लागि हामीले छलफल गर्दैछौ ।

घोराही उपमहानगर–पालिकाका ईन्जिनियर युवराज पौडेलले घोराहीको नेपाल बैंक रोडदेखि सहिद गेट हुँदै जिल्ला प्रशासन जाने बाटोको लागि पनि टेण्डर भईरहेको बताए । त्यो सडक निर्माणको लागि ७५ लाख घोराही उपमहानगरले छुट्याएको छ भने प्रदेश सरकारले पनि ७५ लाख रूपैयाँ बजेट छुटयाएको छ ।

त्यसैगरी भरतपुर जाने उकालो बाटोदेखि लखवार जाने बाटोको लागि पनि टेण्डर भईरहेको छ । त्यसको लागि पनि घोराही उपमहानगर–पालिका र प्रदेश सरकारले डेढ करोड रूपैयाँ बजेट छुटयाएको छ ।

खैरा–कोठरी जाने बाटोको लागि घोराही उपमहानगर र प्रदेश सरकारले गरेर एक करोड रूपैयाँ बजेट छुट्याएको छ । त्यसैगरी घोराहीको दामोदर चोकदेखि लखनपार्क हँुदै आर्मी व्यारेक जाने सडकको लागि २ करोड रूपैयाँ बजेट छुट्याएको छ ।

‘यि सडकको लागि टेण्डर भईरहेको छ’ घोराही उपमहानगर–पालिकाका ईन्जिनियर पौडेलले भने ‘अब चाँडै नै काम शुरू हुन्छ ।’ घोराहीमा विकास निर्माणका कामहरू समयमै भईरहेको उनले बताए । घोराहीमा यतिबेला विकास निर्माणको काम भईरहेको देख्दा यहाँका स्थानीयहरू पनि खुशी छन् ।

‘काम गरेपछि त हुने रहेछ त’ घोराही उपमहानगरपालिका वडा नं. १५ का विकास पौडेलले भने ‘एकअर्काको मुख ताक्दा नै ढिलो भएको हो ।’ एउटा समन्वय ग¥यो भने सबै कामहरू सहजरूपमा हुने उनले बताए । ‘घोराहीको तुलसीपुर चोकको काम ठूलो होइन्, तर धेरै समय लाग्यो, गुनासो पनि धेरै भएको थियो’ उनले भने ‘काम गर्ने चाहना भयो भने त हुँदो रहेछ त ।’

"कानिका खबर डट कम"

याे नेपाली भाषाकाे डिजीटल पत्रिका हो । हामी तपाईहरुका सामु छुटै महत्वको साथ समाचार पस्कदै छाैं । हामी सधैं तपाईको सल्ला र सुझावकाे लागी अपेक्षा गर्दछाैं । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हरपल तपाइको समाचार साथी कानिका खबर  [Email : [email protected]]

     
प्रतिक्रिया दिनुहोस्